×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पिकनिकबाट फर्कंदै गरेको बस जहरसिंह पौवाको जंगलमा दुर्घटना, २२ जना घाइते

पिकनिकबाट फर्कंदै गरेको बस जहरसिंह पौवाको जंगलमा दुर्घटना, २२ जना घाइते

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा दुर्घटनामा परेको बस पिकनिक गएर फर्कंदै गरेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो । सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको एसपी भट्टराईले जानकारी दिए ।

उनका अनुसार, बसमा ३५ देखि ४० जना सवार थिए । नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको पनि उनले बताए ।

दुर्घटनामा घाइते भएकामध्ये २२ जनालाई विभिन्न अस्पतालमा पुर्‍याएको छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेल लगायतका अस्पतालमा घाइतेको उपचार भइरहेको उनले बताए ।

घाइतेमध्ये २ जना गम्भीर रहेका छन् भने अन्यको अवस्था सामान्य छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्