×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

२ करोड बढीको भेप बोकेको कन्टेनरसहित १ जना प्रहरीको नियन्त्रणमा

२ करोड बढीको भेप बोकेको कन्टेनरसहित १ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । मुस्ताङको लोमान्थाङ  गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर चालक हुन् ।

ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार नेपाल-चीन सिमानाको कोरोला नाका अगाडिबाट ८० कार्टुन भेपसहित लामालाई नियन्त्रणमा लिइएको हो ।

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने लामालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस्