×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विवेकशील आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

विवेकशील आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट एकता प्रक्रियामार्फत आएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। आइतबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनीहरूको मनोनयनलाई विधिवत् रूपमा अनुमोदन गरेको हो। 

यो निर्णयसँगै विवेकशील साझाका प्रमुख अनुहारहरू अब औपचारिक रूपमा रास्वपाको नेतृत्व तहमा सामेल भएका छन्। रास्वपाको केन्द्रीय सदस्यमा मनोनयन हुनेहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्। 

वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका दुई शक्तिबिचको एकतालाई पूर्णता दिने क्रममा यो मनोनयन गरिएको रास्वपाले जनाएको छ। 

प्रतिकृया दिनुहोस्