×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

५० जनाले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन

५० जनाले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन

काठमाडौं । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् । आयोग स्रोतका अनुुसार यो दिउँसो ३ बजेसम्मको विवरण हो । उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय छ । यसकारण यो संख्यामा केही थप हुन पनि सक्नेछ ।

उम्मेदवारी फिर्ताका लागि निवेदन दिने ५० जनामा २० जना जनमत पार्टीका छन् ।

जनमत पार्टीले समानुपातिक तर्फ ११० जनाकै नाम बुझाएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीतर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । उक्त सूचीमा कलस्टर मिलेरनमिलेको हेरेर दलहरूले यही पुस २७ गतेसम्म सच्याइसकेका छन् ।

आज उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता लिन चाहेको खण्डमा निवेदन दिने समय हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुुसार उम्मेदवारी फिर्ताका लागि उम्मेदवार स्वयमले आयोगमा उपस्थित भएर निवेदन दिनुपर्छ । त्यसपछि आयोगले सम्बन्धित दललाई उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको भनेर उक्त स्थानमा अर्को उम्मेदवार पठाउन समय दिनेछ ।

प्रतिनिधिसभाको निर्वाचन भने आगामी २१ फागुनमा छ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गतेका लागि तय भएको छ ।

प्रतिकृया दिनुहोस्