×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

मधेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी, भोलि निर्वाचन

मधेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी, भोलि निर्वाचन

जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको मधेश प्रदेश सभा सचिवालयले सूचना प्रकाशन गरेर जानकारी गराएको छ । एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा त्रिलोकी प्रसादको उम्मेदवारी दर्ता भएको हो ।

यादवले प्रस्तावक नेपाली कांग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो राखेर उम्मेदवारी दर्ता गराएका हुन् । मधेश प्रदेश सभामा भोलि सभामुख पदको लागि निर्वाचन हुँदैछ ।

प्रतिकृया दिनुहोस्