काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५० रुपैयाँ घटेर प्रतितोला तिन हजार १ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।