×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति

मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति

काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमतिका निम्ति प्रशासनमा समूह आइपुगेको र आफूहरू अनुमति नदिने बताएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।

सीडीओ पौडेलले सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए । 

‘आन्दोलनको अनुमति दिनुपर्ने भन्दै फरक–फरक पत्र बुझाउनुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,” पौडेलले  भने ।  

ढुङ्गाना समूहले आइतबार आन्दोलन घोषणा गरेर सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । ढुङ्गानाले गरी खान देऊ अभियान चलाउँछन् ।  जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको थियो ।

प्रतिकृया दिनुहोस्