×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाल सद्भावना, जनअधिकार र आजपाबीच एकीकरण

नेपाल सद्भावना, जनअधिकार र आजपाबीच एकीकरण

काठमाडौं । नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी नेपाल र आम जनता पार्टी (आजपा) बीच एकीकरण भएको छ । आजपाको अध्यक्षमा प्रभु साह छन् । नेपाल सद्भावना पार्टीको नेतृत्व रामकुमार महतो र जन अधिकार पार्टी नेपालको नेतृत्व इमदाद गद्दीले गर्दै आएका थिए ।

एकीकरणपछि पार्टीको नाम आजपा नै राखिएको छ । चुनाव चिह्न मोबाइल छाप नै राखिएको छ । यसअघि आजपाको चुनाव चिह्न यही थियो ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसँग एकीकरण गर्दै पार्टीमा प्रवेश गर्नेहरू स्वागत गर्दै उज्वल राजनीतिक भविष्यका लागि शुभकामना दिए ।

आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार पार्टी एकतासंगै नेपाल सद्भावना पार्टी र जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित भएको छ । यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग एकता र चुनावी गठबन्धन गरेको छ ।

प्रतिकृया दिनुहोस्