काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २२०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।