×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुरको अधेरीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०र५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो ।

उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुघर्टनमा परेका व्यक्तिहरू काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा काम गर्ने कामदारहरू हुन् । उनीहरू काम गरेर खाना खाना ट्याक्टर चढेर आउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्