काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २२०० सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ८० रुपैयाँ घटेर प्रतितोला तिन हजार ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।