काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आगामी ठूला अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै विभिन्न खेल विधाका १४ जना नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइबिङ, स्विमिङ, आर्चरी, बक्सिङ र करातेका खेलाडीहरूलाई छात्रवृत्तिमा समेट्दै उनीहरू, परिवार तथा सम्बन्धित खेल संघसँग औपचारिक सम्झौता गरेको हो।
एनओसीका अनुसार छात्रवृत्ति कार्यक्रम सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिक, आइची–नागोया एसियन गेम्स तथा युथ ओलम्पिक गेम्सलाई केन्द्रमा राखेर सञ्चालन गरिएको हो।

लस एन्जलस ओलम्पिकका लागि ८ खेलाडी लस एन्जलस ओलम्पिक तयारीका लागि छनोट हुने खेलाडीहरूमा—
• ब्याडमिन्टन: प्रीन्स दाहाल
• साइक्लिङ: उषा खनाल
• गल्फ: सद्भाव आचार्य
• जुडो: मनिता श्रेष्ठ प्रधान
• टेबल टेनिस: इभाना थापा
• टेनिस: सिभाली गुरुङ
• स्पोर्ट्स क्लाइबिङ: तेन्जिङ राई
• स्विमिङ: एर्भिन श्रेष्ठ यी खेलाडीहरूले सम्बन्धित खेल संघमार्फत प्रत्येक चार महिनामा अमेरिकी डलर १,१२५ का दरले छात्रवृत्ति प्राप्त गर्नेछन्।
आइची–नागोया एसियन गेम्सका लागि ५ खेलाडी एसियन गेम्सका लागि छनोट भएका खेलाडीहरू—
• आर्चरी: तिलक पुन मगर
• बक्सिङ: चन्द्रबहादुर थापा
• कराते: एरिका गुरुङ र सानुमाया थिङ
• उसु: सुस्मिता तामाङ
युथ ओलम्पिक गेम्सका लागि १ खेलाडी
• उसु: रश्मि तामाङ एनओसी अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार एसियन गेम्स तथा युथ ओलम्पिकका लागि छनोट भएका खेलाडीहरूले मासिक ५० हजार रुपैयाँका दरले छात्रवृत्ति पाउनेछन्।

एनओसीले यो छात्रवृत्ति कार्यक्रमले खेलाडीहरूको दीर्घकालीन तयारी, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रदर्शन सुधार तथा नेपाली खेलकुदको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको जनाएको छ।