×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ : वर्षमान

आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी छ : वर्षमान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले देशको नेतृत्व गर्ने बेला अएको बताएका छन् । मंगलबार काठमाडौंमा शहीद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले युवाहरूले आफूूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरुको अनुुभवलाई लिएर आफूूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए ।

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन् ।

‘पचास प्रतिशतभन्दा बढी युवाहरु हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ’ उनले भनेका छन्, ‘बढीभन्दा बढी युवाहरु आगामी निर्वाचनमा प्रतिस्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ ।’

प्रतिकृया दिनुहोस्