×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

एशियन गेम्स २०२६ तयारीका लागि बक्सिङ खेलाडी चन्द्र बहादुर थापालाई ओलम्पिक कमिटीको छात्रवृत्ति

एशियन गेम्स २०२६ तयारीका लागि बक्सिङ खेलाडी चन्द्र बहादुर थापालाई ओलम्पिक कमिटीको छात्रवृत्ति

काठमाडौं । नेपालको ब्यान्टमवेट (५४ के.जी.) तौल समूहका बक्सिङ च्याम्पियन चन्द्र बहादुर थापालाई एशियन गेम्स २०२६ (नागोया, जापान) को तयारीका लागि नेपाल ओलम्पिक कमिटीद्वारा प्रदान गरिएको छात्रवृत्तिको सम्झौता हस्ताक्षर कार्यक्रम आज सम्पन्न भएको छ।

सम्झौताअनुसार चन्द्र बहादुर थापाले एशियन गेम्स २०२६ सम्म प्रत्येक महिना रु. ५०,००० बराबरको भत्ता प्राप्त गर्नुहुनेछ। उक्त आर्थिक सहयोगले उहाँको नियमित प्रशिक्षण, उच्चस्तरीय तयारी तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रदर्शन क्षमतामा थप मजबुती आउने अपेक्षा गरिएको छ।

ललितपुर स्थित नेपाल ओलम्पिक कमिटीको भवनमा सम्पन्न छात्रवृत्ति सम्झौता हस्ताक्षर कार्यक्रममा एनओसी का अध्यक्ष जिवनराम श्रेष्ठ महासचिव राजिव श्रेष्ठ, नेपाल बक्सिगं महासंघका अध्यक्ष राम अवाले, महासचिव मान बहादुर भण्डारी खेलाडी चन्द्र बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्