×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

४९ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

४९ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशनले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिए ।

कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि  छन् । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।

तीन महिनाअघि उनीहरूले मागेको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेषल महाधिवेशन आह्वान गरेका हुन् । सोहीअनुसार आज भृकुटीमण्डपमा उद्घान सत्र जारी छ ।

उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । महाधिवेशन भोलिसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्