×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाबाट ५ जनाले फिर्ता लिए समानुपातिक उम्मेदवारी

रास्वपाबाट ५ जनाले फिर्ता लिए समानुपातिक उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । सो पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् । 

शनिबार युवा उद्यमी ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । सचिन उद्योगपति चन्द्र ढकालका छोरा हुन् ।  त्यसअघि लावती, गुरुङ, शाह र शेर्पाले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए । 

अभिनेता तथा टेलिभिजन कार्यक्रम होस्ट शाह रास्वपाको समानुपातिक सूचीमा मुस्लिम पुरुष क्लस्टरबाट एक नम्बरमा थिए । उनी रास्वपाका पूर्वसांसद असिम शाहका दाइ हुन् ।

त्यस्तै गुरुङ गायिका तथा चिकित्सक हुन् भने शेर्पा पर्वतारोही हुन् । शेर्पा फोर्टिन पिक्स एक्सपिडिसनका सीईओ समेत हुनु । उनी हालै रास्वपामा प्रवेश गरेका टासी मिङ्मा शेर्पाका भाइ हुन् ।

त्रिशलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै समानुपातिक उम्मेदवारको बन्द सूचीबाट पछि हट्ने जानकारी दिएकी थिइन् । डा.लावती भने प्राध्यापन पेसामा संलग्न छन् । 

प्रतिकृया दिनुहोस्