×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एकीकृत समाजवादीको दर्ता खारेज हुनपर्ने माग अस्वीकार

एकीकृत समाजवादीको दर्ता खारेज हुनपर्ने माग अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दर्ता खारेज हुनपर्ने माग अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो ।

माधव–झलनाथ समूहले एमाले फुटाएर निर्वाचन आयोगमा एकीकृत समाजवादी गठन गरेलगत्तै ओलीले दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

रिट निवेदन खारेज गरेपनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी हुने जनाएको छ । तर, निर्देशनात्मक आदेश जारी गरिसकेको छैन ।

प्रतिकृया दिनुहोस्