×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन

सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।

मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् ।  

m

प्रतिकृया दिनुहोस्