सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ
मङ्सिर १०, २०८२काठमाडौं । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जना पक्राउ परेका थिए । यो सँगै पक्राउ पर्नेको
सबै पढ्नुहोस