×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड कार्कीलाई

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन् ।

एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै उपत्यका प्रहरी कार्यालय रानीपोखरी एआईजीविहीन थियो । उक्त ठाउँमा ईश्वर कार्कीलाई मन्त्रिपरिषद्ले पदस्थापन गरेको हो ।

कार्की कोसी प्रदेश प्रहरी कार्यालयको इञ्चार्ज रहेकै बेला एआईजीमा बढुवा भएका थिए । सम्भवत् बुधबार दर्ज्यानी चिह्न लगाएर कमाण्ड सम्हाल्ने कार्कीको तयारी छ ।

प्रतिकृया दिनुहोस्