काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ९ हजार २०० सय रुपैयाँ बढेर प्रतितोला तिन लाख १ हजार ४०० सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ३२० रुपैयाँ बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।