×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

जनकपुरधाम । सदनमा पदबाट राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उनले राजिनामा पत्र बुझाएका हुन् ।

सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै उनले राजीनामा दिएका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’ पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्