×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

दुबईमा जारी IBA विश्व बक्सिङ च्याम्पियनसिपमा उप्रेतीको ऐतिहासिक प्रदर्शन, १०,००० डलर पुरस्कार सुरक्षित

दुबईमा जारी IBA विश्व बक्सिङ च्याम्पियनसिपमा उप्रेतीको ऐतिहासिक प्रदर्शन, १०,००० डलर पुरस्कार सुरक्षित

दुबईमा भइरहेको IBA विश्व बक्सिङ च्याम्पियनसिप–२०२५ मा ४८ के.जी. तौलसमूहका लाल बहादुर (लाल प्रसाद) उप्रेतीले प्रभावशाली प्रदर्शन गर्दै नेपालको नाम उचो बनाएका छन्।

उप्रेतीले प्रतियोगिताको सुरुवाती चरणमा दमदार खेल प्रदर्शन गर्दै इथोपिया र माल्दोभाका खेलाडीलाई पराजित गर्दै शानदार रूपमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेका थिए। तर, कडा प्रतिस्पर्धा भएको क्वार्टरफाइनल भिडन्तमा उनी काजाकस्तानका बक्सरसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिनुपर्‍यो।

यद्यपि, उत्कृष्ट प्रदर्शनका आधारमा उप्रेतीले १०,००० अमेरिकी डलर पुरस्कार रकम सुरक्षित गरेका छन्, जसले नेपाली बक्सिङमा थप प्रेरणा र उत्साह जगाएको छ। नेपाल बक्सिङ समुदाय लगायत सम्पूर्ण खेलप्रेमीहरू उप्रेतीको साहसी यात्रा र समर्पणप्रति गर्वित छन्।

प्रतिकृया दिनुहोस्