×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

भिभोको अहिलेसम्मकै शक्तिशाली फोन नेपालमा

भिभोको अहिलेसम्मकै शक्तिशाली फोन नेपालमा

काठमाडौँ । भिभोले आफ्नो अत्याधुनिक फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । आइतबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले यो मोडेल सार्वजनिक गरेको हो ।

व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्‍याउने दाबीसहित भित्र्याइएको यस स्मार्टफोनको नेपाली बजार मूल्य १ लाख ७९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा उपभोक्ताले फ्यान्टम ब्ल्याक र ड्युन ब्राउन गरी दुई कलरमा उपलब्ध हुने फोन भोलि अर्थात् २९ मंसिरदेखि ई(कमर्स प्लेटफर्म दराज तथा देशभरका आधिकारिक रिटेल स्टोरहरूमार्फत खरिदका लागि उपलब्ध हुनेछ ।

यस फोनको मुख्य आकर्षण जाइससँगको सहकार्यमा विकास गरिएको क्यामेरा सिस्टम हो । फोनमा २०० मेगापिक्सेलको जाइस एपियो टेलिफोटो क्यामेरा राखिएको छ । जसमा अल्ट्रा-सेन्सिङ एचपीबी सेन्सर प्रयोग गरिएको छ । यसले टाढाका दृश्यहरूलाई पनि अत्यन्त स्पष्ट, स्थिर र विस्तृत रूपमा कैद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै, फोनमा जाइस गिम्बल-ग्रेड मेन क्यामेरा (LYT-828 सेन्सर) रहेको छ भने सेल्फीका लागि ५० मेगापिक्सेलको जाइस वाइड(एङ्गल फ्रन्ट क्यामेरा समावेश गरिएको छ । फोटोग्राफीलाई थप सशक्त बनाउन यसमा भिभोको प्रो इमेजिङ चिप ‘भिएस १’ र ‘भी ३+ इमेजिङ चिपको संयोजन गरिएको छ ।

भिभो एक्स३०० प्रोमा टीएसएमसीको एडभान्स एन३पी प्रोसेसमा बनेको शक्तिशाली ‘डाइमेन्सिटी ९५००’ चिपसेट प्रयोग गरिएको छ । फोनलाई लामो समयसम्म टिकाउन ६५१० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री राखिएको छ । यसलाई चार्ज गर्न ९० वाटको फ्ल्याशचार्ज र ४० वाटको वायरलेस फ्ल्याशचार्जको सुविधा उपलब्ध छ ।

यस मोडेलमार्फत भिभोले नेपालमा ‘ओरिजिन ओएस ६’  (OriginOS 6) भित्र्याएको छ । यसले एआई र एडभान्स इन्टेलिजेन्सको माध्यमबाट प्रयोगकर्तालाई स्मुथ र स्मार्ट अनुभव दिने कम्पनीको भनाइ छ ।

फोनमा जाइस मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ टेक्नोलोजी, १.१ मिलिमिटरको अल्ट्रा-स्लिम बेजल, आईपी६८ र आईपी६९ रेटिङको पानी तथा धुलो प्रतिरोधी क्षमता, आर्मर ग्लासको सुरक्षा र थ्रीडी अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर जस्ता फ्ल्यागशिप फिचरहरू समावेश छन् ।

प्रतिकृया दिनुहोस्