ललितपुर । पूर्व संविधान सभा सदस्य राजकाजी महर्जनलाई ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

महर्जन यसअघि २०७४ सालको निर्वाचनमा सोही क्षेत्र अन्तर्गतको ‘क’ प्रदेश सभाबाट निर्वाचित भएका अनुभवी नेताका रूपमा परिचित छन्। स्थानीय राजनीति, संगठन विस्तार र जनप्रतिनिधित्वमा लामो अनुभव रहेका महर्जनको नाम सिफारिस भएपछि ललितपुर–३ को चुनावी चर्चा थप चर्किएको छ।

यसैबीच, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि ललितपुर–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार हुने चर्चा चलेको थियो। तर पार्टी स्रोतका अनुसार श्रेष्ठ हाल सर्लाही र गोरखा जिल्लाबाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन्, जसका कारण ललितपुर–३ मा उनको उम्मेदवारीको सम्भावना न्यून देखिएको छ।
पार्टी नेतृत्वले ललितपुर–३ लाई रणनीतिक रूपमा महत्वपूर्ण निर्वाचन क्षेत्र मानेर अनुभव, संगठनात्मक क्षमता र जित सुनिश्चित गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइएको जनाएको छ।

सिफारिस नामावली अन्तिम निर्णयका लागि प्रदेश केन्द्रीय नेतृत्वसमक्ष पठाइने र पार्टीको आधिकारिक घोषणापछि उम्मेदवार अन्तिम रूपले टुंगो लाग्ने बताइएको छ।
यसै विच समानुपातिक तर्फ पुर्व मन्त्री तथा पार्टी उपाध्यक्ष पम्फा भुसालको नाम सिफारिस भएको छ ।