×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्नुपर्नेछ । शीर्ष ४ मा पर्ने टोली विश्‍वकपमा पुग्ने प्रावधान छ ।

नेपाललाई घरेलु मैदानमै खेलेर यो इतिहास रच्ने अवसर छ । 

नेपालको प्लेइङ ११ : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, कविता जोशी, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ

थाइल्यान्डको प्लेइङ ११ : नारुमोल चाइवाइ, अफिसरा सुवानचोनराथी, नथाकन चन्थम, नानपत कोन्चारोन्काइ, चनिदा सुथिराङ, फनिता माया, सुलीपर्न लाओमी, ओनिचा काम्चोम्फु, सुनिदा चतुरोङरताना, थिपाथ्चा पुथावोङ, सुआनन खियोटो

प्रतिकृया दिनुहोस्