काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २१०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।