×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

१८ अंकले बढ्यो सेयर बजार

१८ अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार १८.३७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६१९ अंकमा कायम भएको छ । बन्द हुँदाको यो अंक नै दिनभरको लागि उच्चतम रह्यो । आज बजार खुलेपछि कुनै पनि समय नेप्से रातो हुन पाएन ।

१८७ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ११ को स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।

व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार ०.०१ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीव बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.।८९ तथा अन्य समूह १.१५ प्रतिशत बढे ।

३ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंक छन् । त्यस्तै बाराही हाइड्रोपावरको ७.०४ तथा लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशत मूल्य बढ्यो ।

स्वेतगंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस्, राधि विद्युत् छन् ।

प्रतिकृया दिनुहोस्