×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज सुर्खेतमा

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज सुर्खेतमा

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशले आज शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ ।

सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपाकी नेता विमला केसीले जानकारी दिइन् । उनका अनुसार सभालाई सम्बोधन गर्न नेता वामदेव गौतम र भीम रावल पनि सुर्खेत आउँदै छन् ।

सन्देश सभा प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुने छ । यसअघि मंसिर १८ गते कर्णालीमा हुने भनिएको सन्देश सभा विशेष कारण देखाउँदै २७ गतेका लागि सारिएको थियो ।

गत कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । त्यसपछि एकताको सन्देश दिन प्रदेशहरूमा एकता सन्देश सभा गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्