×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

कारोबारसँगै बढ्यो सेयर बजार

कारोबारसँगै बढ्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रह्यो ।

कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । विकास बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढे । दुई समूह निर्जीवन बीमा ०.०९ तथा अन्य ०.४९ प्रतिशत घटे ।

बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशत बढे ।

चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जीको मूल्य १० प्रतिशत बढेको हो।

त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ८.८९, जोशी हाइड्रोपावरको ७.८४, माबिलुङ इनर्जीको ७.३७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ७.२४ प्रतिशत मूल्य बढ्यो ।

आज पनि भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । नेपाल माइक्रो इन्स्योरेन्सको ३.२१ तथा स्वाभिमान लघुवित्तको २.४० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, राधि विद्युत् तथा युनियन हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्