×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गोकर्णेश्वरमा नक्कली नोटको कारखाना, मेशिनसहित २ जना पक्राउ

गोकर्णेश्वरमा नक्कली नोटको कारखाना, मेशिनसहित २ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घरभएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी पवन भट्टराईले बताए ।

पक्राउ पर्नेमा भारतीय नक्कली नोट छाप्न काठमाडौंमा मेसिन ल्याउने व्यक्ति समेत रहेको प्रहरीको भनाइ छ ।

उनीहरूबाट प्रहरीले भारतीय नम्बर प्लेटको बुलेट बाइक, भारु ५ सय दरका ३१७ थान नोट, मोनिटर, प्रिन्टर, नक्कली पेस्तोल लगायतका समानहरू बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्