×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

गोलभेँडाको भाउ बढ्यो, होलसेलमै किलोको १२०

गोलभेँडाको भाउ बढ्यो, होलसेलमै किलोको १२०

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज १ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै बिहीबार प्रतिकिलो ८१  रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको भाउ आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ । टनेलको सानो गोलभेँडा भने आज किलोको १२० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस्