×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ओलीकै सिफारिसमा अन्तरिम सरकार बनेको हो : प्रचण्ड

ओलीकै सिफारिसमा अन्तरिम सरकार बनेको हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्‍याएका छन् ।

दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्ड यही कार्यक्रममा सरिक हुन भन्दै हिजो (आइतबार) भारत गएका थिए ।

‘२६ गते राति म र कमरेड माधव कुमार नेपाल, हामी दुईजनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै नर्मल सिच्युएसनतिर फर्काउन मिहेनत गर्‍यौं,’ सोमबार उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने, ‘अन्ततस् अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ चाहीँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।’

तयसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको प्रचण्डको भनाइ छ ।

‘तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ–आफ्ना सोच थिए । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो,’ प्रचण्डले भने ।

प्रतिकृया दिनुहोस्