×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता हुँदै

उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता हुँदै

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आज (बुधबार) चुनावी एकता हुने भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको हो ।

जनमत पार्टीले उपाध्यक्षबाट कारबाही गरेपछि साहले जनस्वराज पार्टी गठन गरेका थिए ।

अदालतले मान्यता नदिएपछि उनले सर्वोदय पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।  दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको ‘चिम’ लिएर संयुक्त रूपमा चुनावमा भाग लिने निर्णय गरिसकेका छन् ।

चुनावी एकताका लागि सम्झौता गर्न दुई दलको कार्यक्रम दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा हुन गइरहेको छ । यसअघि चुनावी एकता घोषणा कार्यक्रम त्रिपुरेश्वरस्थित उज्यालोको पार्टी कार्यालयमा हुने भनिएको थियो ।

प्रतिकृया दिनुहोस्