×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाको समानुपातिक सूचीबाट हट्यो पञ्चा सिंहको नाम

नेकपाको समानुपातिक सूचीबाट हट्यो पञ्चा सिंहको नाम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीबाट पञ्चा सिंहको नाम हटेको छ ।

सिंहका अनुसार उनको नाम खस आर्य महिला समूहको क्रमसंख्या चार मा थियो । पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन तथा एकता प्रक्रियामा सामेल भएका अन्य राजनीतिक घटकहरूको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पार्टीले आफ्नो नाम बन्दसूचीबाट हटेको उनले जानकारी दिइन् ।

‘पार्टीको सांगठनिक निर्णय र आवश्यकता बमोजिम परिमार्जित सूची निर्वाचन आयोगमा पुन परिमार्जित गर्ने क्रममा मेरो नाम बन्दसूचीबाट हटेको जानकारी गराउँदछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टीको बृहत्तर हित र सांगठनिक आवश्यकताका अगाडि व्यक्तिगत पद र प्रतिष्ठा गौण हुन्छन् भन्ने दृढ बुझाइमा रहेको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘राजनीति केवल व्यक्तिगत अवसर प्राप्तिको माध्यम नभई त्याग, निष्ठा र जनसेवाको कठिन मार्ग हो भन्ने कुरालाई आत्मसात् गर्दै म यो क्षेत्रमा क्रियाशील रहँदै आएकी छु ।’
 

प्रतिकृया दिनुहोस्