×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अनलाइन इन्ट्री आज मध्याह्न १२ बजेसम्म मात्रै

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अनलाइन इन्ट्री आज मध्याह्न १२ बजेसम्म मात्रै

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार) मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार मध्याह्न १२ बजे नवीकरणको ‘डाटा इन्ट्री’ बन्द हुन लागेको हो ।

बैठकपछि समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले ‘क्रियाशील सदस्यता नवीकरणको अनलाइन ‘सिस्टम’ बुधबार मध्याह्न १२ बजे लक गरिने जानकारी दिएका थिए । उनकाअनुसार बुधबार साँझ नै समितिले नवीकरण भएका क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने छ ।

समितिका अनुसार नयाँ क्रियाशील सदस्यताको विवरण भने बिहीबार राति १२ बजेसम्म ‘इन्ट्री’ गर्न पाइने छ ।  यो सिस्टम पनि ‘अटो लक’ हुने छ ।

समितिले शुक्रबार नयाँ क्रियाशील सदस्यता प्रमाणीकरण गरेर पार्टीलाई बुझाउने तयारी गरेको छ ।

समितिले सदस्यता नवीकरणको ‘इन्ट्री’ जिल्ला सभापतिमार्फत् र नयाँ सदस्यताको ‘इन्ट्री’ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत् गराइरहेको छ ।

प्रतिकृया दिनुहोस्