नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज सुर्खेतमा
मङ्सिर २७, २०८२सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशले आज शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ । सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपाकी नेता विमला केसीले जानकारी दिइन् । उनका अनुसार सभालाई सम्बोधन गर्न नेता वामदेव गौतम र भीम रावल पनि सुर्खेत आउँदै छन् । सन्देश सभा प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुने छ ।
सबै पढ्नुहोस