×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ललितपुर–१ बाट वर्षमान पुन (अनन्त) प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस

ललितपुर–१ बाट वर्षमान पुन (अनन्त) प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस

ललितपुर । पूर्व अर्थमन्त्री तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उप–महासचिव वर्षमान पुन (अनन्त) लाई ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा ललितपुर जिल्ला कमिटीले सर्वसम्मत रूपमा सिफारिस गरेको छ।

गणतन्त्र स्थापनापछि वि.सं. २०६४ सालको निर्वाचनमा ललितपुरले क. अनन्तलाई अनुमोदन गर्दै विकासको यात्रामा महत्वपूर्ण फड्को मारेको स्मरण गर्दै पार्टीले आज पुनः उहाँलाई समृद्धिको सारथि र विकासको निकासका रूपमा आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ।

नेकपा ललितपुर जिल्लाको बैठकले प्रत्यक्षतर्फ निम्न उम्मेदवारहरू सिफारिस गरेको छः
    १.    वर्षमान पुन (अनन्त)
    २.    हरि दाहाल ‘ललित’
    ३.    बेलबहादुर तामाङ

त्यसैगरी, समानुपातिकतर्फ गंगा पराजुलीलाई सिफारिस गरिएको छ।

पार्टीका अनुसार अनुभव, संघर्ष, नीति निर्माण र विकासप्रतिको प्रतिबद्धताका कारण क. अनन्त ललितपुर–१ को समग्र विकासका लागि उपयुक्त नेतृत्व भएको निष्कर्ष निकालिएको हो।
 

प्रतिकृया दिनुहोस्