काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ५५०० रुपैयाँ बढेर प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।