×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

प्राधिकरणले घटायो हवाई भाडा

प्राधिकरणले घटायो हवाई भाडा

 काठमाडौं । हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ ।

नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटेको हो ।

समायोजन भएको मूल्य अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने छ । धनगढीमा यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ ।

माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ । काठमाडौं–भद्रपुर २ सय ४५ रुपैयाँ भाडा घटेको छ । क्षेत्रीय उडानमा भने अझ धेरै घटेको छ ।

जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । काठमाडौं–सिमरा ५५ रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । हवाई भाडामा फ्युल सरचार्ज एक शीर्षक हो । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा कम्पनीले लिने भाडासमेत जोडेपछि मात्र पूर्ण भाडादर कायम हुन्छ ।

कुन सेक्टरमा कति घट्यो फ्युल सर्चार्ज (रुपैयाँमा) ?

काठमाडौं–माउन्टेन फ्लाइट : २१०

काठमाडौं–भद्रपुर : १८०

काठमाडौं–विराटनगर : १४०

काठमाडौं–जनकपुर : ७५

काठमाडौं–पोखरा : ९५

काठमाडौं–भरतपुर : ६५

काठमाडौं–भैरहवा : १२५

काठमाडौं–नेपालगञ्ज : १९५

काठमाडौं–धनगढी : २६५

काठमाडौं–तुम्लिङटार : ११०

काठमाडौं–सिमरा : ५५

काठमाडौं–सुर्खेत : २१०

काठमाडौं–राजविराज : १२५

प्रतिकृया दिनुहोस्