राष्ट्रपति पौडेलसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
मङ्सिर २१, २०८२काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतलनिवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था अनुसार सो प्रतिवेदन पेस गरिएको हो। &nb
सबै पढ्नुहोस