मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

स्थानीय/प्रदेश/केन्द्र सरकार


धादिङ । श्रीलंकामा सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सेमिनारमा धादिङका पाँच खेलाडीले नेपालका लागि ६ स्वर्ण पदक दिलाएका छन् । उक्त प्रतियोगितामा धादिङबाट ६ जना खेलाडी सहभागी भएका थिए ।

नेपालबाट १९ जना खेलाडी लिएर श्रीलंका पुगेका प्रमुख प्रशिक्षक धादिङका रमेश अधिकारीका अनुसार धादिङका आर्नव à¤°à¥‡à¤—्मीले दुई स्वर्ण जित्न सफल भएका छन् भने, नियन श्रेष्ठ, सन्देश श्रेष्ठ, अज्जन श्रेष्ठ र रोनित श्रेष्ठले १-१ स्वर्ण पदक जित्न सफल हुँदा धादिङबाट सहभागि अर्को खेलाडी सनिस श्रेष्ठ ले भने स्वर्णपदक जित्न चुकेका छन् ।

नेपालबाट १९ जना खेलाडी सहभागी थियौं । नेपालका लागि १२ स्वर्ण सहित २ सिल्भर,६ कास्य जित्न सफल भए सँगै श्रीलंकामा नेपाल टिम समग्रमा दोस्रो हुन सफल भयौं प्रशिक्षक रमेश अधिकारीले युवा सन्देशलाई बताए ।

 

पुरा हेर्नुहोस्

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका-५ नम्बर वडा कार्यालयले विभिन्न क्षेत्रमा विशिष्ट याेगदान पुर्याउने तथा विभिन्न तहमा उतिर्ण हुन सफल ब्यक्तिहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयाेजना गर्ने भएकाे छ । 

महालक्ष्मी न.पा.५ का वडा अध्यक्ष अधिवक्ता कपिल के.सी. का अनुसार बधाई तथा सम्मान कार्यक्रम २०८१/०५/१५ शनिबार विहान ७:३० वजे हाई भ्यू माध्यमिक विद्यालय टिकाथलीमा आयाेजना गरिने मिति तय भएकाे छ । अध्यक्ष  के.सी.का अनुसार बधाई तथा सम्मान कार्यक्रममा सहभागि हुन ईच्छुक विद्यार्थी तथा अन्य महानुभावहरुले ग्रेड सिट तथा प्रमाण पत्रको प्रतिलिपी वडा कार्यालयमा मितिः २०८१/०५/०९ भित्र बुझाउन समेत सुचना जारी गरेकाे छ । 

वडा कार्यालयका अनुसार बधाई तथा सम्मान कार्यक्रममा तपशिल बमोजिम सहभागी हुने छ ।
तपशिल
१) महालक्ष्मी नगरपालिका वडा नं ५ मा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयवाट २०८० को SEE परीक्षामा सफल भएका विद्यार्थीहरु । 
२) महालक्ष्मी नगरपालिका वडा नं ५ मा स्थायी वसोवास गरी अन्यत्र विद्यालयवाट २०८० को SEE परीक्षामा सफल भएका विद्यार्थीहरु । 
३) महालक्ष्मी नगरपालिका वडा नं ५ मा स्थायी वसोवास गरी विद्यावारिधी गरेका तथा चिकित्सा शास्त्रमा MBBS वा MD गरेका महानुभावहरु । 
४) खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्टताको पदवी प्राप्त गरेका खेलाडी महानुभावहरु ।

पुरा हेर्नुहोस्

काठमाडौं । अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पस कमिटीको सम्मेलन भदाै १४ गते हुने à¤­à¤à¤•ाे छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन  (अखिल क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस कमिटीकाे चौथो पुर्ण कार्यसमितिकाे बैठकले पाटन क्याम्पस कमिटीकाे सम्मेलन भदाै १४ र १५ गते गर्ने निर्णय गरेकाे छ ।  

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पवन कार्कीकाे प्रमुख आतिथ्यमा सम्पन्न बैठकले १४ गते सम्मेलनकाे उद्घाटन गर्ने, १५ गते बन्द सत्र गर्ने साे काे तयारीकाे लागि कमिटीका अध्यक्ष विरेन्द्र मगर संयाेजक रहने गरि ४५ सदस्यीय सम्मेलन आयाेजक समिति गठन गर्दै  सम्मेलन तयारीकाे लागि विभिन्न उपसमिति गठन समेत गरेकाे छ । 

उपसमिति/विभाग 
१. आर्थिक बिभाग -  संयोजक - बिरेन्द्र मगर
२. खाना खाजा ब्यबस्थापन- सुजन घिमिरे 
३. सास्कृतिक नाचगान ब्यबस्थापन बिभाग- दिपक मगर
४. प्रतिबेदन लेखन - बिरेन्द्र मगर र अशोक दुलाल
५. प्रचारप्रसार बिभाग - किशोर मगर 
६. मञ्च ब्यबस्थापन - लोकराज तिमिल्सिना 
७. प्रतिनिधि छनोट समिति/कार्यदलमा इन्चार्ज ले इन्चार्जशिप गर्ने गरि अध्यक्ष देखि कोषाध्यक्ष सम्म रहने ।
८. प्रतिनिधि सिफारिस समितिमा बिभागिय इन्चार्ज हरु इन्चार्ज रहने गरि स्ववियु सदस्य बाट संयोजक तोक्ने जस अन्तरगत ब्यबस्थापन संकाय संयोजक: टिकाराम खत्री 
मानविकी संकाय संयोजक : कोमल माया लामा
बिज्ञान संकाय संयोजक : प्रेमिका महर्जन 
९. प्रतिनिधि संख्या आयोजक कमिटी बाहेक  १११ जना हुने समितिका अध्यक्ष विरेन्द्र मगरले युवा सन्देशलाई बताएका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाको सबैभन्दा जटिल काम सेना समायोजन र हतियार व्यवस्थापन आफूले जोखिम उठाउँदा सम्भव भएको बताएका छन्। 

बुधबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक संसदले पारित गर्नुअघि शीर्ष नेताहरूले बोल्ने क्रममा प्रचण्डले सबैभन्दा पेचिलो विषयका रूपमा रहेको हतियार व्यवस्थापन सेना समायोजन नेतृत्वले जोखिम उठाउँदा सहज भएको बताएका हुन्।

'मैले रातारात ! भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ। प्रत्येक क्यान्टोनमेन्टमा खुन खराबा हुनसक्छ। आजकै दिनमा, आजकै राति हतियार व्यवस्थापन हुनुपर्‍यो, सेना समायोजन हुन पर्‍यो भनेपछि ११ बजे राति यो काम सम्पन्न गरियो। विना कुनै खुन खराबा र जटिलतमा त्यो सम्पन्न भयो,' उनले भने । 'यदी नेतृत्वले जोखिम नउठाएको भए, यदी नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए हतियार व्यवस्थापन र सेना समायोजन गर्न सम्भव थिएन' ।

हतियार व्यवस्थापन र सेना समायोजनकै कारण आफ्नो पार्टी विभाजन भएको प्रचण्डले बताए। 

'एउटामात्रै क्षति मैले  र मैले नेतृत्व गरेको पार्टीले ब्यहोर्नुपर्‍यो,' उनले भने, 'सेना समायोजन, हतियार व्यवस्थापनको नेतृत्व गरेबापत मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्‍यो तर देश बँच्यो। शान्ति स्थापित भयो, मलाई गर्व छ,' उनले भने ।

 

पुरा हेर्नुहोस्

काठमाडौं । योङ् कम्युनिष्ट लीग, नेपाल धादिङ जिल्ला सचिव राजन लामालाई प्रहरीले गिरफ्तार गरेकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे छ ।  मिति २०८१ साल साउन २७ गते गजुरीबाट लामालाई गिरफ्तार गरिएको घटनाप्रति वाइसीएल धादिडले गम्भीर ध्यानाकार्षण भएकाे प्रेस विज्ञप्ति जारी गरेकाे छ । 

प्रेस विज्ञप्ति मार्फत  संघीय लोकतान्त्रिक गणतन्त्रमा आफ्नो राय, विचार, वाक स्वतन्त्रता र संविधान प्रदत्त हकको धज्जी उडाउँने गरी पक्राउ गरिनु किमार्थ स्वीकार्य छैन । सामाजिक सञ्जाल एवम् फेसबुकमा लेखेकै आधारमा सोको सवाल- जवाफ र राजनैतिक तर्कको सामना गर्न नसकी  पक्रिनु निरंकुशताको पराकाष्ठ हो र यस घटनाको घोर भर्त्सना गर्दछौं । वर्तमान परिस्थितिको सही मूल्या‌ङ्कन गर्दै आफ्नो राय प्रकट गरेकै भरमा मुद्दा मामिला तथा अन्य उल्झन खडा गर्ने मनासय राखिएको हो भने, अब हजारौं जेलहरु तयार गर्न तानाशाही/भूष्ट सरकारको नेतृत्वलाई खुला चुनौति दिएकाे छ ।

जिल्ला संयाेजक राजन लम्साल (ज्वाला)का अनुसार नेपाल विद्युत्त प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुकको १८ घण्टे लोडसेडिङलाई अन्त्य गर्ने कुशल नेतृत्वकाे समर्थन गरेकै भरमा एक क्रान्तिकारी युवाको विचारलाई कुण्ठित गर्ने मनासयले गिरफ्तार गरिनु र झुठा मुद्दा लगाउँनु भनेको किर्ते, भूष्ट, जालसाँजी, छलछाम र प्रतिगमनकारीको प्रतिविम्बित हर्कतको निष्कर्ष हो भन्दै गम्भीर ध्यानाकर्षण गराएकाे बताएकाछन् । 

संयाेजक लम्सालले गौरवशाली इतिहास बोकेको वाइसीएलले यस्ता खाले प्रवृत्ति विरुद्ध लड्‌दै र अन्यायको विरुद्ध आवाजहरु बुलन्द गर्दै आएको अवगत नै छ । युवाहरुको आवाजलाई निश्तेज् पार्ने हेतुले दमनको बाटो अ‌ङ्गालेको हो भने राष्ट्रिय/अन्तर । राष्ट्रिय घटनाक्रमलाई एकपटक अध्ययन गर्न स्मरण गराएका छन् । यस्ता घटनाक्रमले भ्रष्ट सरकारको पतन नजिकै छ भन्ने ठोकुवा समेत गरेकाछन्  ।
 
संयाेजक लम्सालले क्रान्तिकारी कमरेड राजन लामालाई हर-हालतमा बिना सर्त अविलम्ब रिहाई गर्न यो सरकार समक्ष जोडदार माग गर्दै अन्यथा सङ्गठनले सशक्त प्रतिवाद गर्ने प्रेस विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण गरेका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौं । à¤¨à¥‡à¤ªà¤¾à¤² विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र ट्रङ्क लाइनको सबै विवरण समेटिएको तंथ्याक बिहीबार बुझाएको छ ।

समितिले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टिओडी) मिटरको सबै विवरण पेस गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिए ।

‘टिओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ ।

डेडिकेटेड र ट्रङ्क लाइन महसुलको विषयलाई लिएर चौतर्फी बहस भइरहेको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका भारतले जितेकाे छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पाचौं सेटमा १५-५ अंकमा भारतले उपाधि जितेकाे हाे ।  । भारतले दुई सेट र नेपालले दुई सेट जित्दै उपाधिका लागि पाचौं सेट खेलेकाे थियाे । 

पहिलो सेट नेपाल २५–२३ ले जितेको थियाे । दाेस्राे २५ -१४ ले भारतले जितेकाे थियाे भने तेस्रो सेट २५-२२ मा नेपालले जितेकाे थियाे भने चाैथाे सेट भारतले २५-२१ काे आधारमा जितेकाे थियाे ।

पहिलाे सेटमा भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो । तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो ।  दाेस्राे सेटमा भारतले २५ -१४ काे फराकिलो अंकमा जित्न सफल भएकाे थियाे भने तेस्राे सेटमा २० -२४ काे अन्तरमा नेपालले अग्रता कायम गर्दै २२-२५ मा जित्न सफल भएकाे थियाे ।
चाैथाे सेटमा सुरुवाती चरण देखि नै ३ अंककाे अग्रता कायम राख्दै भारतले नेपाल माथि जित हासिल गरेकाे थियाे भने पाँचौँ सेटमा १५-५ अंकमा फराकिलो जित हासिल गर्दै काभा वुमन्स नेसन्स भलिबलको उपाधि जित्न सफल भएकाे छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको चाैथाे  सेटमा २५-२१ मा भारतले जित हासिल गरेकाे छ । याे संगै भारत दुई सेट र नेपाल दुई सेट जित्न सफल भएकाे छ । काभा भलिबल च्याम्पियन बन्न अब अन्तिम à¤¸à¥‡à¤Ÿ जित्नै पर्ने नेपाल र भारतलाई दबाव छ ।

पहिलो सेट नेपाल २५–२३ ले जितेको थियाे  भने दाेस्राे २५ -१४ ले भारतले जितेकाे थियाे त्यसै गरि चाैथाे सेट भारतले २५-२१ काे आधारमा जित हासिल गरेकाे छ ।

पहिलाे सेटमा भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो । तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो ।  दाेस्राे सेटमा भारतले २५ -१४ काे फराकिलो अंकमा जित्न सफल भएकाे थियाे भने तेस्राे सेटमा २० -२४ काे अन्तरमा नेपालले अग्रता कायम गर्दै २२-२५ मा जित्न सफल भएकाे थियाे ।
चाैथाे सेटमा सुरुवाती चरण देखि नै ३ अंककाे अग्रता कायम राख्दै भारतले नेपाल माथि जित हासिल गरेकाे छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ भने दाेस्राे २५ -१४ ले भारतले जितेकाे छ 

पहिलाे सेटमा भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो । तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो । भने दाेस्राे सेटमा भारतले २५ -१४ काे फराकिलो अंकमा जित्न सफल भएकाे छ ।

पुरा हेर्नुहोस्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी  विधेयक टुंग्याउन गठिन कार्यदलले प्रतिवेदन बुझाएकाे छ ।

तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै टिआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याएर काँग्रेस ऐमाले गठबन्धनकाे नयाँ सरकारले एउटा राम्रो काम गरेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी  विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै दाहालले यस्तो बताएका हुन् ।

आफू प्रधानमन्त्री रहँदा गठन भएको कार्यदलले टिआरसीलाई टुंगोमा पुर्‍याएकोमा खुसी व्यक्ति गर्दै दाहालले भने, ‘मलाई आज धेरै त भन्नु छैन यो विषयमा, नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र म सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु।’

विधेयकलाई यही सरकारले नै तत्काल वैधानिक प्रक्रियाबाट संसदीय समिति र संसदबाट पनि पारित गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘सफल होला या नहोला भन्ने जस्तो त लाग्थ्यो, तैपनि कार्यदलले धेरै मिहिनेत गरेर निष्कर्षमा पुर्‍याएको छ । अब यसलाई वैधानिक प्रक्रियाबाट संसद्को समितिमा र फुलहाउसमा पनि यसैपटक जाओस् र टुंग्याइयोस् । आमनेपाली जनतालाई पनि शान्ति स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चाहना छ।’

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायको विषयमा नेपाल विश्वमै उदाहरणीय बन्न सक्ने बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै  देउवाले यस्तो बताएका हुन्।

टिआरसीमा भएको सहमतिले आफ्नो विवाद आफैँ समाधान गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिएको उल्लेख गर्दै देउवाले भने, ‘यसलाई टुंगोमा पुर्‍याएको खण्डमा विश्वका लागि पनि अनुकरणीय हुनेछ। यो काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्छु।’

हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रूपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्विविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे।

‘हामीले थालेको शान्ति प्रक्रिया र त्यसको अन्तिम किस्ताका रूपमा रहेका यी कार्यहरूलाई सम्पन्न गर्न कानुनलाई संशोधन गर्नुपर्ने अवस्थामा पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ । पीडादायी विगतबाट हामी गुज्रियौँ । देशमा हिंसात्मक द्वन्द्व भयो । देशलाई ठूलो क्षति भयो । सकारात्मक परिवर्तन पनि भयो, तर शान्ति प्रक्रियालाई हामीले टुंगाेमा लानुपर्ने थियो । हिंसाका सबै अभ्यासलाई सहमतिबाट शान्ति प्रक्रियामा ल्याइसकेपछि अब त्यसका अवशेषहरू रहन आवश्यक छैन ।’

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सम्मानित सर्वोच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीडितमैत्री विषयलाई ध्यानमा राखेर यो सहमति भएको छ । शान्ति प्रक्रियामा यो कोसेढुंगा साबित भएको छ । फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि यी विधेयक ल्याइएका हुन् । विधेयक पारितसँगै हामी आपसी परामर्श र सहमतिमा आयोग गठनलगायतका काममा तत्काल लाग्नेछौँ ।’

उनले विगतमा विभिन्न अभ्यास भए पनि अब लोकतन्त्र आइसकेको स्थितिमा हिंसा र विधिविहीनताको बाटो आवश्यक नभएको स्पष्ट गरे । उनले लोकतन्त्रलाई जीवनपद्धति मानेर चल्नुपर्छ भन्नेमा सरकार स्पष्ट भएको जनाउँदै लोकतन्त्रका लागि लडेकाहरू भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि आफू अघि बढ्ने पनि बताए । 

पुरा हेर्नुहोस्

काठमाडौं । सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको छ ।

आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

गृहमन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पुरा हेर्नुहोस्

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको खेलको पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पार्यो । एक समय ५–५ को बराबरीबाट नेपालले ११–६ को अग्रता कायम गर्न सफल भयो । त्यही अग्रतालाई कायम राख्दै नेपालले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो । भारतले उत्कृष्ट प्रदर्शन गर्दा नेपालको केही लागेन । दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो । तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो ।

प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । एक समय खेललाई १५–१८ को स्थितिमा ल्याएपनि त्यसपछि नेपालले सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा सेट पनि गुमाउन पुग्यो ।

प्रतिस्पर्धात्मक र रोमाञचक बनेको निर्णायक तथा पाँचौ सेटमा नेपालले ४–२ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । नेपालले त्यही अग्रतालाई कायम राख्दै १५–१३ को सेटमा जित निकाल्दै भारतमाथि ऐतिहासिक जित निकाल्न सफल भयो ।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

 

पुरा हेर्नुहोस्

ललितपुर । महालक्ष्मी -५ टिकाथली ललितपुरमा झाडा पखाला, हैजा तथा डेंगी राेगका संक्रमित राेगीहरु देखा परेकाछन् । 

वडामा झाडा पखाला, हैजा तथा डेंगी राेगका संक्रमित राेगीहरु देखा परेकाले पानीलाई सुद्धिकरण (उमालेर वा क्लाेरिन) गरेर मात्र प्रयाेग गर्न, गराउन हुन सबैलाई सुचना जारी गरेकाे अध्यक्ष अधिवक्ता कपिल के.सी. जानकारी दिएकाछन् ।

सचेत नहुदा धेरै मानिसमा चाडाे फैलिने भएकाले विशेष गरि  ब्यक्तिगत सरसफाईमा विशेष ध्यानदिन र आफ्नो घरवरिपरि पानी जमणने ठाउँहरु खाल्डाखुल्डी, गाडीका टायर, ड्रम, बाटामा पानी जम्ननदिई सजग र सतर्कता अपनाउन वडा कार्यालयले सुचना समेत जारि गरेकाे छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । यस वर्षको १२ कक्षको परीक्षामा देशभरका ४८ प्रतिशत विद्यार्थी फेल भएको बेला एउटा दुर्गम गाउँको सामुदायिक विद्यालयका भने सबै विद्यार्थी उत्तीर्ण भएका छन् । त्यो पनि पास मात्र होइन सबै ए र ए प्लस ल्याएर । 

रामेछापको सुनापति गाउँपालिका–४ बेथानमा रहेको डहु मावि बेथानका यस वर्षको १२ कक्षाको परीक्षामा सहभागी सबै विद्यार्थीहरू उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् । 

विद्यालयका प्रधानाध्यापक दलबहादुर बलका अनुसार सो विद्यालयबाट यस वर्षको १२ कक्षाको परीक्षामा १८ जना विद्यार्थी सहभागी थिए । ती मध्ये १६ जना विद्यार्थी ३.६० जीपीए माथि अर्थात् ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । दुई जना विद्यार्थी ३.४९ र ३.५३ जीपीए अर्थात् ए श्रेणीमा उत्तीर्ण गरेका छन् । 

सो विद्यालयमा प्लस टुमा कम्प्युटर इञ्जिनियरिङ विषयको पढाइ हुने गर्दछ । सो विषयको परीक्षा दिएका विद्यार्थी मध्ये विनीता तामाङले सबैभन्दा बढी ३.८२ जीपीए प्राप्त गर्नुभएको छ । त्यस्तै ३.८० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या दुईजा रहेको छ । 

यसैगरी नौ जना विद्यार्थीले ३.७० देखि ३.७९ जीपीएसम्म ल्याएका छन् । । ३.६० देखि ३.६९ जीपीएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या चार रहेको छ । 
गाउँमा रहेको सो सामुदायिक विद्यालयले एसइई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । डहु माविका विद्यार्थीले एसईईमा समेत पटक पटक ४ जीपीए प्राप्त गरेका छन् । यस वर्षको एसईई परीक्षामा पनि सबै विद्यार्थी ए र ए प्लस ल्याएर उत्तीर्ण भएका थिए । 

विद्यालयमा स्थानीयका साथै १६ बढी जिल्लाका विद्यार्थीहरू आवासीय रूपमा बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालय देशैकै नमुना सामुदायिक विद्यालय भित्र पर्दछ । 

पुरा हेर्नुहोस्

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को बैठकमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उपकुलपति प्राडा केदारजंग बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति संयुक्त विद्यार्थी सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैटौँले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । 

प्रधानमन्त्रीले यसरी नीति तथा कार्यक्रम रोक्दा प्रतिस्पर्धाबाट चुनिएको नेतृत्वले अघि बढाएका त्रिवि सुधारका कामहरूमा बाधा उत्पन्न हुने र विद्यार्थी आन्दोलनले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने देखिएको उनीहरूको आरोप छ । 

उपकुलपतिले सरकारलाई पेस गरेको सोचपत्र र कार्ययोजना सहितको नीति तथा कार्यक्रम प्रधानमन्त्री सम्बद्ध पार्टीका कर्मचारी सङ्गठनको षड्यन्त्रमा विना कारण अघि बढ्न नदिनु भित्र लुकेको कुत्सित मनसाय देखिएको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् । 

६ विद्यार्थी सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्–त्रिविको कुलपतिसमेत रहेका प्रधानमन्त्रीले सभाबाट नीति तथा कार्यक्रम पारित हुनबाट रोकेर उपकुलपतिलगायतका पदाधिकारीलाई दबाबमा राख्न खोज्नु र त्रिवि पदाधिकारीलाई असहयोगको सङ्केत गर्नु वास्तवमा अत्यन्त लज्जास्पद घटना हो । यस घटनाले गौरवमय इतिहास बोकेको विश्वविद्यालयको गरिमामाथि आँच पुगेको हाम्रो निष्कर्ष छ । राजनीतिक भागभण्डाको संस्कृति अन्त्य गर्ने, आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने र नवीनतम योजना एवं पहलकदमी अघि बढाउनुपर्ने अवस्थामा पार्टीगत स्वार्थलाई केन्द्रमा राखेर प्रतिशोध साँध्नुलाई किमार्थ स्वीकार गर्न सकिन्न ।

लाखौँ विद्यार्थी र देशको भविष्य जोडिएका त्रिवि लगायत सबै विश्वविद्यालयहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिन, नांङ्गो राजनीतिक हस्तक्षेप बन्द गर्न र स्वार्थ समूहहरुको प्रभावमा नपर्न सरकार समक्ष माग गर्दछौँ । साथै विश्वविद्यालयहरूमा हुने नाङ्गो राजनीतिक हस्तक्षेप विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनहरू सङ्घर्षमा उत्रिने पनि स्पष्ट पार्दछौँ, विज्ञप्तिमा भनिएको छ । 

पुरा हेर्नुहोस्

ललितपुर । राष्ट्रव्यापी जूनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ्ग च्याम्पियनसिपमा चन्दन शाही र रोहित जनाला फाईनलमा प्रवेश गरेकाछन् ।

४६ किलो तौल समुहमा बाँके जिल्लाका चन्दन शाहीले नक्सालका सक्षम लामालाई ५ः० अंकको  आधारमा पराजित गरी फाईनलमा आफ्नो स्थान हासिल गरेका छन् भने सोहि तौल समुहमा अछामका रोहित जनालाले  ५ः० अंकको आधारमा डी.जि.बक्सका रितेश महतोलाई पराजित गरी फाईनमा प्रवेश गरेकाछन्  । 

४८ किलो तौल समुहमा दाङ्गका लोकेश पुनले भक्तपुरका भाष्कर खड्कालाई ४ः१ अंकको आधारमा पराजित गरे । सोहि तौल समुहमा अल्फाका कमल गुरुङ्गले फाईटका वाङजुक्ला भोटेलाई ५ः० अंकको आधारमा पराजित गरगरि फाईनल खेलमा भेट फक्का गरेकाछन् ।

५० किलो तौल समूहमा ललितपुरका स्वभाव थापाले सुनसरीका विधान श्रेष्ठलाई पहिलो राउण्डमै आरएसीका आधारमा पराजित गरे । सोहि तौल समूहमा फाईटका छिरिङ्ग दोर्जे शेर्पाले बाके जिल्लाका नविन सिंहलाई आरएसीका आधारमा पराजित गरे । 

५२ किलो तौल समूहमा भुमिका सरोज तामाङ्गले एबिसिका मुस्कान राईलाई आरएसीका आधारमा पराजित गरे भने सोहि तौल समूहमा एच.टु.ओका प्रज्वल खत्रीले एल.बि.एका सुजन थापा मगरलाई ५ः० अंकको आधारमा समान अन्तरले पराजित गरे ।

५४ किलो तौल समूहमा दाङ्गका तुल्सीराम बुढाथोकीले एच.टु.ओका विवेक मगरलाई ५ः० अंकको आधारमा पराजित गरी फाईनल प्रवेश गरे भने सोहि तौल समूहमा झापाका अनवाश बुढाथोकीले एबिसिका पेमनुरु शेर्पालाई नक्आउट गरी फाईनल प्रवेश गरे ।

५७ किलो तौल समूहमा अछामका विनोद नागार्जेले बोसीगाँउका करण मालीलाई ५ः० अंककाआधारमा समान अन्तरले पराजित गरे भने सोहि तौल समूहमा भाईबका मिसन गुरुङ्गले भक्तपुरका गौरव वानलाई आरएसीका आधारमा पराजित गरी फाइनल प्रवेश गरे ।

६० किलो तौल समूहमा बक्समाण्डुका शेरप गेल्चेन शेर्पाले भाईबका सज्जन राईलाई ५ः० अंकको आधारमा पराजित गरी फाइनलमा आफ्नो स्थान पक्का गरे भने सोहि तौल समूहमा सि.जि.जिका सिजन घलेले बोसीगाँउका मिन बहादुर खामचालाई वक ओभरका आधारमा पराजित गरि फाईनलमा भेट पक्का गरे ।

६३ किलो तौल समूहमा एबिसिका यूनिक राईले आर्यनका प्रतिक कार्कीलाई ५ः० अंकको आधारमा पराजित गरे भने सोहि तौल समूहमा सिजिजिका निकेश गुरुङ्ग भट्टराईले बक्समाण्डुका सुसान श्रेष्ठलाई ३ः२ अंकको आधारमा पराजित गरि फाईनलमा प्रवेश गरे ।

६६ किलो तौल समूहमा उदयपुरका रोजन मगरले बोसीगाँउका तपेश अधिकारीलाई आरएसिको आधारमा पराजित गरी फाईनलमा आफ्नो स्थान पक्का गरे भने सोहि किलो तौल समूहमा मात्रीभूमिका नविनतम खड्काले दाङ्गका सेवक बुढामगरलाई ५ः० अंकको आधारमा पराजित गरे ।

७० किलो तौल समूहमा सिजिजिका आयुष तामाङ्गले ललितपुरका सुदिन श्रेष्ठलाई आरएसिको आधारमा पराजित गरे भने साेहि तौल समूहमा सुनसरीका उत्सव तामाङ्गले एल.बि.एका रोशन बि.कलाई ४ः१ अंकको आधारमा पराजित गरि फाइनल प्रवेश गरे ।

आज भएको जूनियर छात्र तर्फ ७५ किलो तौल समूहमा ललितपुरका प्रजित राईले उदयपुरका प्रजन राईलाई ४ः१ अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । 

जूनियर छात्र ८० किलो तौल समूहमा आर्यनका सुर्यन वैधले जेनेक्सका यूगेन तामाङ्गलाई आरएसिको आधारमा पराजित गरी प्रथम स्थान हासिल गरे ।

८०+ तौल समूहमा आर्यनका श्रीयान्स सिवाकोटीले बोसीगाँउका युवराज परियारलाई आरएसिको आधारमा पराजित गरी प्रथम स्थान हासिल गरे ।

आज भएको जूनियर छात्रा तर्फ ४६ किलो तौल समूहमा एल.बि.एका रेनुका नेपालीले दमकका दिप्सा काम्बाङ्गलाई ५ः० अंकको आधारमा पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भईन ।

आज भएको स्कू्रल छात्र तर्फ ७०+ किलो तौल समूहमा दमकका ग्याल्बु आङ्गदाम्बेले ५ः० अंकको आधारमा बोसीगाँउका अन्सुल पन्थीलाई पराजित गर्दै फाईनलमा आफ्नो स्थान हासिल गरे ।

त्यसैगरी स्कुल छात्रतर्फका फाईनल खेलहरुमा ३३ किलो तौल समुहमा ललितपुर बक्सिङ्ग एकेडेमीका प्रदीप नेपालीले एचटूओका अनुज दुग्गुजलाई युनानिमस ५ः० अंककाे आधारमा पराजित गर्दै प्रथमस्थान हासिल गरे । 

४० किलो तौल समुहमा आरडीयसका प्रविन थापाले अल्फाका प्रिन्स थापालाई पराजति गर्दै प्रथमस्थान हासिल गरे । 

४३ किलो तौल समुहमा अछामका रोशन विकेले भूमीका रोजन गहतराजलाई दोस्रो राउण्डमै आरएससीका आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । 

४६ किलो तौल समुहमा एबीसीका अनिश राईले सुनसरीका कुन्जन थापालाई दोस्रो राउण्डमै आरएससीका आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । 

४९ किलो तौल समुहमा भाईबका सम्पूर्ण अधिकारीले ५ः० अंकको आधारमा आधारमा उदयपुरका अभिसेक बस्नेतलाई पराजित गर्दै प्रथम स्थान हासिल गरे । 

५२ किलो तौल समुहमा केबीएका अंकित कार्कीले भक्तपुरका अलिस ताव्यानलाई ५ः० अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासि गरे ।

५५ किलो तौल समुहमा बक्समाण्डुका आरोग्यले सुनसरीका स्टोन काम्बाङ्गलाई ५ः० अंकको आधारमा युनानिमस डिसिजनको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

पुरा हेर्नुहोस्

ललितपुर ।  राष्ट्रव्यापी जूनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ्ग छनाेट प्रतियोगितामा आयोग घिसिङ्ग र विनोद नागार्जेले विजयी भएकाछन् ।जेनेक्सका आयोज घिसिङ्ग र अछामका विनोद नागार्जेले भाईबका सफल श्रेष्ठ र आर्यन फिटनेशका सोनम लामालाई पराजित गदैै विजयी शुरुवात गरेका हुन् । 

नेपाल बक्सिङ्ग महासंघको आयोजनामा राष्ट्रव्यापी जूनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ्ग छनाेट प्रतियोगिता अन्तराष्ट्रिय खेलकुद परिसर ललितपुरमा आजबाट शुरु भएको छ । 

नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा संचालन भएको छनाेट प्रतियोगिता साउन ११ बाट साउन १४ गते सन्चालन हुनेछ । उक्त प्रतियोगिता जुनियर महिला तर्फ ७ जना जुनियर पुरुष तर्फ ८३ जना विद्यालय तर्फ छात्र ४४ जना र छात्रा तर्फ १४ गरी जम्मा १४८ खेलाडी सहभागीता रहेको प्रतियोगिताका टेक्निकल डेलिगेट पुष्कर राज पन्तले जानकारी दिनुभएको छ  । 

२०२४ अगस्ट २७ तारिखदेखि सेप्टेम्बर १० तारिखसम्म युनाईटेट अरव इमिरेट (दुवई)मा संचालन हुने एशियन जूनियर र विद्यालय स्तरीय छात्रा तथा छात्रहरुकाे एशियन बक्सिङ  प्रतियोगिता-२०२४ मा यस प्रतियोगिताबाट विजेताहरु मध्येबाट उत्कृष्ट खेलाडीहरुलाई नेपालबाट प्रतिनिधित्व गराईने नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी दिनुभएकाे छ ।  

आज सम्पन्न प्रतियोगिताकाे नतिजा यस प्रकार छ ।
जुनियर तर्फ ५२ किलो तौल समुहमा जेनेक्सका आयोग घिसिङले भाईबका सफल श्रेष्ठलाई ३ः२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे । जुनियरतर्फ ५७ किलो तौलसमुहमा अछामका विनोद नागार्जेले दोस्रो राउण्डमै आरएससीको आधारमा आर्यन फिटनेशका सोनम लामालाई पराजित गरे ।

त्यसैगरी ६३ किलो तौलसमुहमा एबीसीका युनिक राईले फाईट प्रमोशनका लियो बरदान नर्सिङ राणालाई ३ः२ को स्पिलिट डिसिजनका आधारमापराजित गरे । सोहि तौल समुहमा सुनसरीका दिहाङ्ग लिम्बु र उदयपुरका एलन राईलाई पहिलो राउडमै आरएससीको आधारमा पराजित गरे । भाईबका सरिन श्रेष्ठले एनएफसीका रोयन वैदारलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे ।

त्यसैगरि जुनियर छात्रातर्फ ४६ किलोतौलमा दमकका दिप्सा काम्बाङ्गले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउण्डमै आरएसीका आधारमा पराजित गरे । स्कुल छात्रा ४९ किलो तौलतर्फ भक्तपुरका सायरा गासाईले सीजीजीका सेलेक्सी बम्जङ्गलाई ५ः० युनानिमस डिसिजनका आधारमा पराजित गरे । 

स्कुल छात्रतर्फको ४६ किलो तौल समुहमा एबीसीका अनिस राईले थानकोटका प्रकट महर्जनलाई ५ः०को आधारमा पराजित गरे । त्यसैगरी सोहि तौल समुहमा सुनसरीका कुन्जन थापाले बानुजका आसुतोस सुवेदीलाई समान अन्तर ५ः० ले पराजित गरे सोही तौलमै झापाका लगेहांग लिम्बुले फाईटका रोशन शेर्पालाई समान अन्तर ५ः० पराजित गरे । ४९ किलो तौलसमुहमा भाईबका सम्पूर्ण अधिकारीले स्वीटको अनिमेश महरलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । छात्र ५२ किलो तौल समुहमा केबीएका अंकीत कार्कीले सुनसरीका नवाङ्ग लिम्बुलाई ५ः० अन्तरको आधारमा पराजित गरे ।

पुरा हेर्नुहोस्

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् ।  

बिहीबार दिउँसो अस्पतालम मन्त्री पाण्डे, सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराई र परिवारका आफन्तबीच छलफल भएको थियो । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले 'रिजनेबल' क्षतिपूर्ति दिइने जनाए पनि रकम खुलाउन सकेनन् ।

मृतकका आफन्तले भने निर्णय गर्न सक्ने एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने बताएका थिए । मन्त्री पाण्डेले शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् । शुक्रबार दिउँसो २ बजेअघि मन्त्रालय, एयरलाइन्सका प्रतिनिधि र मृतकका आफन्तबीच अस्पतालमा छलफल हुने भएको छ ।

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । फेरि फ्लाइट (गैरव्यावसायिक उडान) मा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ। शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । एशियन बक्सिङका लागि जुनियर र स्कुल स्तरीय खेलाडी छनाेट प्रतियोगिता शुक्रबार (आज) देखि सुरु हुने भएकाे छ । नेपाल बक्सिङ महासंघकाे आयाेजनामा सातदोबाटो स्थिति अन्तर्राष्ट्रिय खेलकुद परिषरकाे केन्द्रीय बक्सिङ प्रशिक्षण हलमा शुक्रबार बाट छनाेट प्रतियोगिता सुरु हुने बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले बताएका छन् । 

महासचिव भण्डारीका अनुसार देश भरिका ३५ क्लबबाट जुनियर केटा ८१ जना, जुनियर केटी ८ जना, बिद्यालय केटा ४३ जना, विद्यालय केटी १४ जना गरि कुल १२५ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २०८१ भाद्र ११ देखि २५ गते सम्म अर्थात अगष्ट २७ देखि सेप्टेम्बर १० तारिख सम्म AI Ain UAE, मा हुन गईरहेकाे एएसबिसि यशियन जुनियर तथा स्कुल बाेईज एण्ड गल्स बक्सिङ च्याम्पियनसिप २०२४ मा सहभागी हुनेछन् ।

जुनियर तर्फ  ४६ केजी, ४८ केजी, ५० केजी, ५२ केजी,५४ केजी,५७ केजी,६० केजी,६३ केजी, ६६ केजी,७० केजी ७५ केजी, ८० केजी र प्लस ८० केजी गरि जम्मा १३ ताैल समूह समावेश छ भने स्कुल गल्स एण्ड बईज तर्फ ३३ केजी, ३५ केजी, ३७ केजी,४० केजी, ४३ केजी, ४६ केजी, ४९ केजी,५२ केजी,५५ केजी, ५८ केजी, ६१ केजी, ६४ केजी, ६७ केजी, ७० केजी, र प्लस ७० केजी गरि १५ ताैल समूह समाबेश रहेकाे अन्तर्राष्ट्रिय टेक्निकल अफिसर पुष्करराज पन्तले जानकारी दिएकाछन् ।

साउन ११ गते आज हुने खेलहरुकाे ताैल र स्वास्थ्य परिक्षण बिहान ६:३० देखि ७:३० बजे सम्म सातदोबाटो स्थित राष्ट्रिय बक्सिङ प्रशिक्षण हलमा हुने आईटिओ पन्तले जानकारी दिएकाछन् ।

पहिलो दिनकाे खेल तालिका

पुरा हेर्नुहोस्

काठमाडौं । सिंगापुरमा यही जुलाई २७ र २८ गते आयोजना हुने छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरूलाई विदाई गरेका हुन् ।

टोलीमा पाँच जना महिला र छ जना पुरुष खेलाडी छन् भने टिम प्रशिक्षकमा विशाल थापा सहभागी उसु महासंघका महासचिव नवराज ढुंगानाले जानकारी दिएका छन् । विदाई गर्दै निमित्त सदस्य सचिव धमलाले खेलाडीहरूले देशको झण्डा उच्च राख्न अनुशासित भएर खेल्नुपर्ने बताए ।

सहभागी खेलाडीहरूमा हिमान्सु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले, एलिस मार्लीक, वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ, र यन्चेन्ला इलावा छन् ।

पुरा हेर्नुहोस्

ताजा समाचार


test test

काठमाडौं । करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्।

एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।‌

उनको यो रजत नेपाली करातेको अहिलेसम्म कै ठुलो पदक पनि हो। यस्तै वर्ष २०८० मा उनले इन्डोनेसियाको जकार्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन्। 

यही सफलतामा उनले मनोनयनमा परेका कबड्डीकी मेनुको राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

एरिकाले यो अवार्ड जित्नु आफ्नो लागि ठुलो प्रतिष्ठाको विषय रहेको बताइन। उनले राष्ट्रिय खेलकुद परिषद, कराते महासंघ, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी र प्रशिक्षकलाई धन्यवाद दिइन्। उनले यो अवार्ड उत्कृष्ट खेलाडी बन्ने सपना देखिरहेकाहरूलाई समर्पण गरिन्।



पुरा हेर्नुहोस्

भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं । देशकाे राष्ट्रिय खेल भलिबल खेलका लाेकप्रीय उदयमान खेलाडी कविता भट्टले शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । 

उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो । उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् । मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो । ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।



पुरा हेर्नुहोस्

पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड

काठमाडौं पल्सर स्पाेर्ट्स अवाड २०८० मा शुक्रबार पारा तेक्वान्दोकी पलेशा गाेवर्धनले पारा एथलपट अवार्ड प्राप्त गरेकी छिन् ।

पलेशा गाेवर्धन पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन् । तर यो अवार्ड उनले १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको कारण प्राप्त गरेकी हुन् ।

२०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । साथै उनी पेरिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन् ।

यीनै सफलताका लागि उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् । उनले विशेषगरी प्रशिक्षक कविराज नेगी र परिवारलाई धन्यवाद दिइन् ।

अवार्डमा यसअघि भारत्तोलनका हेमन्यपालले वर्ष युवा खेलाडी, कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरिसकेका छ्न् ।



पुरा हेर्नुहोस्


गाईजात्रा बिशेष घिन्ताङ घिसी कार्यक्रम आयाेजना गर्दै वाईसीएल नेपाल भक्तपुर नगर समिति

काठमाडौं । याेङ्ग कम्युनिस्ट लिग नेपाल, भक्तपुर जिल्ला भक्तपुर नगर समितिले गाईजात्रा बिशेश घिन्ताङ घिसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेकाे छ  । 

गाइजात्राकाे अबसरमा वाईसीएल नगर समितिद्वारा आयाेजित घिन्ताङ घिसी कार्यक्रममा विभिन्न ब्याङ्यात्मक चित्र सहित साँस्कृतिक झाँकीद्वारा नगर परिक्रमा गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुवाेध', युवा नेता भीष्म प्रजापति, वाईसीएल नेपालका भक्तपुर जिल्ला संयाेजक सरराज उप्रेती लगाएत माओवादी केन्द्रकानेता कार्यकर्ता र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्


गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण

काठमाडौं । गरिबीमा हुर्किँदा एक छाक मासु खाना वर्ष (इद उत्र फित्र) कुर्नुपर्ने, केही अघिसम्म पनि नयाँ ज्याभलिन खरिद गर्न चन्दा उठाउनुपर्ने परिस्थितिबाट गुज्रिएका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ।

पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाएका उनलाई करोडौं पुरस्कार घोषणाको होड नै चलेको छ। अहिलेसम्म १५ करोड रुपियाँ बढी पुरस्कार घोषणा भइसकेको छ। ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्णपदक जितेपछि २७ वर्षीय नदिमले वर्ल्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर (नेपाली रुपियाँ ६७,१६,७५०) पाउने पक्का छ नै। उनलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ।

पन्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रुपी १० करोड (नेपाली रुपियाँ ४,८२,१४,२१८/०५) स्वतन्त्रता दिवस (१४ अगस्ट) को अवसरमा प्रदान गर्ने घोषणा गरिन्। त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारको तर्फबाट पाकिस्तानी रुपी ५ करोड (नेपाली रुपैयाँ २,४१,०७,१०९/०३) दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन्। उनले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रुपी दिने पनि बताएका छन्।

सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्सले लेखेका छन्। सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उनकै नाममा सुक्कुरमा नयाँ रंगशालामा निर्माण गर्ने घोषणा गरे। कराँचीमा आर्शद नदिम एथलेटिक्स एकेडेमी स्थापना गर्ने घोषणा पनि भइसकेको छ।

गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पारेका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। पाकिस्तानले ओलम्पिकमा जितेको चौथो स्वर्ण हो यो। ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो भने व्यक्तिगत स्पर्धाको पहिलो स्वर्ण पनि नदिमले नै दिलाएका हुन्।

उनले भारतका डिफेन्डिङ च्याम्पियन नीरज चोपरालाई रजतमा खुम्च्याउँदै ऐतिहासिक सफलता हात पारेका हुन्। नीरजले ८९.४५ मिटर फालेका थिए। निरजले ३ वर्षअघि टोकियोमा स्वर्ण जित्दा नदिम पाँचौं भएका थिए। नदिमले दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग २०१९) अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए।

एकपछि अर्को सफलता चुमिरहेका नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारको रूपमा लिइएको छ। त्यसैले पनि उनी करोडौं पुरस्कारको हकदार हुने नै भए।

पुरा हेर्नुहोस्


गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0
 

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण
  • ⇒ ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु
  • ⇒ बिहीबारसम्म पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिक शीर्ष स्थानमा
  • ⇒ बंगलादेशमा १७ सदस्यीय अन्तरिम सरकार : २६ वर्षका विद्यार्थीदेखि पूर्व जर्नेलसम्म मन्त्री
  • ⇒ फ्रान्सबाट बंगलादेश फर्किए युनुस, साँझ साढे ८ बजे शपथ
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड
  • ⇒ पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड
  • ⇒ IBA ले बुड्वा युवा विश्व बक्सिङ च्याम्पियनसिपमा सबै बक्सरहरूको आवास खर्च प्रदान गर्ने
  • ⇒ आईबा युथ वल्ड बक्सिङ प्रतियोगिता बुड्भा मोन्टेग्रोका लागि खेलाडी छनौट सम्पन्न
  • ⇒ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिपमा नेपालकाे ऐतिहासिक जित
  • अरु हेर्नुहोस्