मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

कृषि तथा सहकारी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । 

सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौं काेठेश्वर स्थित ए वन क्वनलिटि ब्याङ्केटमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै समस्या समाधानकाे लागि प्राधिकरण बनाएर अघि बढ्ने बताएका हुन् । 

उनले सो प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरु हुने जानकारी समेत दिए । सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर सो प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । à¤¤à¥à¤¯à¤¸ अवसरमा उनले आफ्नै पार्टीभित्र पनि सहकारी समस्या देखिएको आफू पनि त्यसको पीडामा परेको गुनासो गरे ।  

प्रधानमन्त्री प्रचण्डले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको जिकिर पनि गरे ।

 

पुरा हेर्नुहोस्

ललितपुर । à¤²à¤²à¤¿à¤¤à¤ªà¥à¤° जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं साधारण सभाबाट पुन: अध्यक्षमा रामहरि बजगाई निर्वाचित भएकाे छ । अध्यक्षमा बिजयी भएका बजगाईले २२५ मत ल्याएका थिए । भने उनका प्रत्यासी उम्मेदवार नरेन्द्र महर्जनले १३३ मत ल्याएका थिए ।

बरिस्ठ उपाध्यक्ष, उपाध्यक्ष र काेषाध्यक्षमा रामहरि बजगाई प्यानलकै उम्मेदवारहरु क्रमश: करुणारत्न बज्राचार्य २३३ मत, लक्ष्मी शाक्य २३८ मत र वसन्त माली २०४ मत ल्याई बिजयी भएका छन् । सचिवमा भने स्वतन्त्र उम्मेदवार श्यामकृष्ण महर्जन १९२ मत ल्याई बिजयी भए । स्वतन्त्रमा उम्मेदवारमा बियय भएका महर्जन यस अघिकाे कार्यकालमा पनि संघका सचिव थिए ।

संघकाे संचालकमा
१. सानुकाजी महर्जन २५३ मत
२. रमिला महर्जन २४५ मत
३. सरिता महर्जन अवाले २४२ मत
४. नवराज बस्ताकाेटी २१९ मत
५.  उर्मिला सापकोटा शाक्य २१२ मत
६.  बिनाेद महर्जन २०३ मत
७. कृष्ण देशार २०३ मत
८. राजेन्द्र घिमिरे १९७ मत
९. देवेन्द्र श्रेष्ठ १९३ मत
१०. राजकृष्ण महर्जन १८२ मत
मत ल्याई बिजयी भएका छन् ।

लेखा सुपरिवेक्षण संयाेजक सानुकाजी महर्जन २३५ मत ल्याई बिजयी भए ।  à¤­à¤¨à¥‡ सदस्यमा लक्ष्मी श्रेष्ठ १८४ कान्छा बज्राचार्य २१८ मत ल्याई बिजयी भएकाे निर्वाचन समितिका संयाेजक लक्ष्मण महर्जनले बताए à¥¤

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा ४ सय ८१ वटा सहकारी संस्था सदस्य छन् । त्यसमध्ये ३ सय ६८ वटा प्रतिनिधि साधारण सभामा सहभागी  भएकाेमा ३ सय ६३ मत मात्र खसेकाे थियाे । ७ वटा विद्युतिय मतदानबाट मतदान भएकाे थियाे ।

ललितपुर महालक्ष्मीस्थान स्थित डिलाईट पार्टी प्यालेसकाे सभा हलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकाे प्रमुख आतिथ्यतामा संघकाे २८ औं साधारण सभा सम्पन भएकाे थियाे ।

पुरा हेर्नुहोस्

ललितपुर । à¤²à¤²à¤¿à¤¤à¤ªà¥à¤° जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं साधारण सभाबाट पुन: अध्यक्षमा रामहरि बजगाई निर्वाचित भएकाे छ । अध्यक्षमा बिजय भएका बजगाईले २२५ मत ल्याएका थिए भने प्रत्यासी उम्मेदवार नरेन्द्र महर्जनले १३३ मत ल्याएका थिए ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा ४ सय ८१ वटा सहकारी संस्था सदस्य छन् । त्यसमध्ये ३ सय ६८ वटा प्रतिनिधि साधारण सभामा सहभागी  भएकाेमा ३ सय ६३ मत मात्र खसेकाे थियाे । ७ वटा विद्युतिय मतदानबाट मतदान भएकाे थियाे ।

ललितपुर महालक्ष्मीस्थान स्थित डिलाईट पार्टी प्यालेसकाे सभा हलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकाे प्रमुख आतिथ्यतामा संघकाे २८ औं साधारण सभा सम्पन भएकाे थियाे ।

पुरा हेर्नुहोस्

संघमा चुनावी सरगर्मी : बजगाई र महर्जनको प्यानलसहित भिडन्त भाेटिङ हुँदै 

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं साधारण सभा संघका अध्यक्ष रामहरि बजगाईकाे अध्यक्षतामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकाे प्रमुख आतिथ्यतामा महालक्ष्मीस्थान स्थित डिलाईट पार्टी प्यालेसकाे सभाहलमा सुभारम्भ भएकाे छ । 

संघका सचिव श्यामकृष्ण महर्जनकाे संचालनमा सुभारम्भ भएकाे उद्घाटन सत्रमा विशेष अथितिकाे रुपमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी अभियानका नेतृत्वकर्ताहरु रामप्रसाद आचार्य, केदार गाेर्खाली, रामशरण बस्नेत, कृष्ण सापकोटा, अम्बिका थापा, राेहिणी जाेशी, चन्द्रलाल डंगाेल, तेज प्रसाद बजगाई लगाएतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई  à¤¸à¤‚घका बरिस्ठ उपाध्यक्ष करुणाराज बज्राचार्यले स्वगत मन्तब्यद्वारा स्वागत गरेका थिए । सर्वसम्मत नेतृत्व चयनकाे कसरत टुङ्गिएकाले नयाँ नेतृत्व चयनका लागि चुनाब हुने निश्चित भएकाे छ ।

सहकारी चुनावी सरगर्मी सुरु भएको छ । सहमतिमा नेतृत्व छनोट गर्ने प्रयास भएपनि वर्तमान अध्यक्ष रामहरी बजगाई र सञ्चालक नरेन्द्र महर्जनले प्यानलसहित उम्मेदवारी दिएपछि चुनाव हुन लागेको हो । संघको भदौं २७ गते आज हुने २८ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । 

समाचार स्रोतका अनुसार बजगाईले महर्जनलाई वरिष्ठ उपाध्यक्ष वा सचिव बन्नका प्रस्ताव गरेका थिए । तर, महर्जनले अघिल्लो पटकको साधारणभामै सचिव छोडेको भन्दै यसपाली अध्यक्ष नै चाहिने अडान लिएपछि सहमति हुन सकेन ।

बजगाईको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा करुणारत्न बर्जाचार्य, उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिवमा दिपक घिमिरे र कोषाध्यक्षमा बसन्त माली छन् ।

यस्तै महर्जनको प्यानलमा वरिष्ठ उपाध्यक्ष कर्ण देसार, उपाध्यक्षमा उजला बज्राचार्य शाक्य, सचिवमा राजु ताम्राकार र कोषाध्यक्षमा विभोषण शाक्य छन् । अध्यक्षका उम्मेदवारमध्ये बजगाई सहकारी अभियानमा पूरानो, अनुभवी र खारिएका व्यक्ति मान्छिन् ।

उनको प्यानलमा रहेका पदाधिकारीको संस्था समेत ठूला र अब्बल रहेको बजगाई बताउँछन् । ‘सहमतिका लागि अन्तिमसम्म बसियो तर उहाँहरु सहमतिमा जान मान्नुभएन, पहिल्यैदेखि तयारी रहेछ ।’ उनले भने, ‘बाँकी काम पूरा गर्न एक कार्यकालमा नेतृत्व गर्ने चाहाना गरेको छु।’ यो कार्यकालमा रचनात्मक काम गरेको र आगामी कार्यकालमा अझ राम्रोसँग काम गर्ने उनको दावी छ। 

बजगाईले संघबाट आधुनिक ब्यवस्थापन सहित बित्तिय सेवा दिने, ५५ करोडको कारोबारलाई २ अर्ब १२ करोड पुर्याउने, नियमित शिक्षा तालिम तथा नियमन निकायसँग बहस पैरवी गर्ने योजना रहेको बताए ।

यस्तै स्थानीय सरकारसँग साझेदारी कार्यक्रम, समस्याग्रस्त सहकारीमा बिज्ञ सहित आर्थिक सहायता, चुस्त  à¤…नुगमन, न्यायोचित कार्य बिभाजन र उपसमिति परिचालन, बित्तिय  à¤¸à¤¾à¤•्षरता कार्यक्रम, नीति विधि र प्रविधि मैत्री संस्था निर्माणमा जोड दिने उनको योजना छ । 

यसैगरी संस्था एकीकरण प्रक्रियामा जोड, सुशासनका लागि सञ्चालकहरुको क्षमता अभिवृद्दि गर्ने, अन्तर जिल्ला समन्वय क्रियाकलाप, बैक नेफ्सकुन र बचत संघबिच समन्वयात्मक कार्यक्रम, जिल्ला संघ र बिषयगत  à¤¸à¤‚घसँग अन्तरंग बहस पैरवी, न्यायोचित  à¤¸à¤‚स्था सम्मान  à¤¤à¤¥à¤¾ प्रोत्सान कार्यक्रम, निरन्तर सहकारी अभियानको पहरेदार, निशुल्क प्रशिक्षणलगायतका काम गर्ने बजगाईको योजना छ ।

अध्यक्षका अर्का दावेदार महर्जन आफुले नेतृत्व गर्दा सहकारीमा समस्या सम्बोधन गर्न पहल गर्ने, तरलता अभाव हटाउने बताउँछन् । ‘केही खराब संस्था पनि छन्, भ्रम चिर्न नसक्दा पनि सबै सहकारी समस्यामा छन्’ उनले भने, ‘सहकारीको बदमासी रोक्दै सुशासन ल्याउन मेरो पहल हुनेछ ।’

संघको वर्तमान नेतृत्वले काम गर्न नसकेकाले आफुले नेतृत्व गर्न लागेको पनि उनले दावी गरे । ‘नेतृत्वले धेरै काम गर्न सक्थ्यो तर खासै केही काम गरेन’ उनले भने । बचत संघमा ४ सय ८१ वटा सहकारी संस्था सदस्य छन् । त्यसमध्ये ३ सय ६८ वटा प्रतिनिधि रहेका छन् ।

पुरा हेर्नुहोस्

ललितपुर । २०७८ बैसाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा ललितपुर महालक्ष्मी नगरपालिका ५ वडा अध्यक्षमा निर्वाचित कपिल केसीलाई आधारशिला बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेकाे छ ।

वडा अध्यक्षमा निर्वाचित अधिवक्ता कपिल केसी २०७१ साल साउन २ गते बाट संस्थाकाे सेयर सदस्यकाे रुपमा आबद्ध भै साेही साल भदाै १ गते देखि संचालन समिति सदस्य भएका थिए । संस्थाकाे नबाैँ साधरण सभाबाट संचालन समितिकाे उपाध्यक्षमा निर्वाचित भै ४ वर्षे कार्यकाल पूरा गर्दै २०७७ अाश्विन ३ गते सम्पन्न दशाैँ साधरण सभाबाट संस्थाकाे अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षमा निर्वाचित भए पश्चात् सहकारी भवन निर्माण गर्ने देखि लिएर संस्थालाई उत्कृष्ट र सफल बनाउन विभिन्न महत्त्वपूर्ण र एतिहासीक कार्य गर्न सफल भएकाे साे संस्थाका कार्यकारी निर्देशक इन्द्र श्रेष्ठले बताए ।

आधारशिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  अधिवक्ता कपिल केसी गत बैसाख ३० मा सम्पन्न स्थानीय चुनावमा वडा अध्यक्षमा निर्वाचित भए पश्चात् अध्यक्ष केसीले सार्वजनिक पदमा निर्वाचित भएको कारण देखाई  प्रचलित सहकारी ऐन कानुन अनुसार संचालक अध्यक्ष पदबाट दिएकाे राजीनामा संस्थाकाे आजकै बैठकबाट स्विकृत गरी आगामी साधारण सभा सम्मलाई उपाध्यक्ष प्रेम ब कार्कीलाई कार्यवाहक अध्यक्ष तोक्ने र निवर्तमान  अध्यक्ष एवं वडाध्यक्ष कपिल के.सी. लाई सल्लाहकार सदस्यमा नियुत्त गर्ने निर्णय समेत गरेकाे छ ।

संस्थाले निवर्तमान अध्यक्ष कपिल के.सी महालक्ष्मी न.पा.को वडा नं.५ को वडाध्यक्षमा निर्वाचित भएकोमा संस्थाको तर्फबाट सम्मान पत्र, मायाकाे चिनाेबाट सम्मान सहित हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेकाे छ ।

पुरा हेर्नुहोस्

ललितपुर । सम्माननीय उपराष्टपति नन्द बहादुर पुनकाे प्रमुख आतिथ्यतामा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकाे  चाैथाे ललितपुर साकाेस समिट-२०७८ सुरु भएकाे छ ।

चाैथाे ललितपुर साकाेस समिटकाे उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले पानसमा दीप बालेर सुभारम्भ गर्नु भएकाे थियाे । कार्यक्रममा विशिष्ट अथितिकाे रुपमा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री माननीय पम्फा भुषाकाे  उपस्थिति रहेकाे थियाे ।

चाैथाे साकाेस समिट कार्यक्रममा सम्माननीय उपराष्टपति पुनले ३ दिने समिटकाे भब्य सफलताकाे शुभकामना दिनुहुदै नेपाली जनताले राजनैतिक परिवर्तनका लागि झण्डै सात दशक लामाे संघर्ष गरे सबै खालका क्रान्ति तथा आन्दाेलनबाट नेपालमा गणतन्त्र, संघियता धर्म निरपेक्षता, सामाजिक न्याय सहितकाे समानुपातिक समावेशी ब्यवस्थालाई नयाँ संविधानले संस्थागत गरेकाे छ । नयाँ संविधान मार्फत प्रतेक नेपाली जनताकाे आर्थिक सामाजिक रुपान्तरण सहित सुन्दर र समृद्ध समाज निर्माणकाे परिकल्पना गरेकाे बताउनुभयाे ।
शाेषण रहित समाज निर्माण गर्न, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र  तथा उन्नतिशील बनाउदै समाजवाद प्रति प्रतिबद्ध, समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यकाे आर्थिक उद्देश्य हाे । त्यसका लागी सरकारले  सार्वजनिक, निजि र सहकारी क्षेत्रकाे सहभागी रहने गरि तीन खम्बे अर्थ नीति लिएकाे कुरा सबैलाई जानकारी रहेकाे बताउनु भयाे । 

सार्वजनिक, निजी र सहकारी क्षेत्रकाे सहभागी तथा  विकास मार्फत उपलब्ध साधन स्राेतकाे अधिकतम परिचालन गरि तिब्र आर्थिक वृद्धि हासिल गर्दै दिगाे आर्थिक विकास गर्ने र न्यायाेचित बितरण गरी आर्थिक असमानताकाे अन्त गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने लक्ष्य रहेकाे बताउनुभयाे ।

नेपाल सरकारले बाेकेकाे आकांक्षाहरुलाई पूरा गर्ने तीन खम्बा मध्य एक खम्बा सहकारी हाे । जसकाे विषयमा यहाँ धेरै चर्चापरिचर्चा भईसकेकाे  छ । याे कुरा सार्वभौम नयाँ संविधानमा पनि उल्लेख छ । देशकाे अर्थतन्त्र विकासकाे लागि सहकारी एउटा मेरुदण्ड हाे ।देशमा भएका विभिन्न प्रकारका सहकारी मध्य बचत तथा ऋण सहकारी साकाेस हाे । बचत तथा ऋण सहकारीहरु सदस्यहरुकाे बैंककाे रुपमा स्थापीत छ ।तसर्थ याे समुदायकाे बैंक हाे । सहकारी आफ्नै सदस्यहरुकाे पहुच र चाहान अनुरुप निर्भिक रुप संचालनहुने हुदा सदस्यहरुकाे सुख दुखकाे सारथिहरु पनि हुन् । सहकारीले देशकाे अर्थतन्त्र विकासका लागि धेरैठुलाे भुमिका निर्वाह गर्दै आएकाे छ । स-साना पुँजीहरु एकिकृत गर्ने र लगानी गर्ने विशेषता भएकाे सहकारी बाट लाखौं नेपालीहरु लाभान्वित भएकाे बताउनुभएकाे थियाे ।

समाजवाद उन्मुख अर्थतन्त्रकाे विकास गर्न, समाजवाद प्रतिकाे प्रतिबद्धता पूरा गर्न र समृद्ध राष्ट्र निर्माण गर्न सहकारी क्षेत्रकाे विकास गर्नुकाे विकल्प नभएकाे र सहकारी प्रति जनताकाे विश्वास बढ्दाे छ याे विश्वासलाई टिकाई राख्न र सहकारी मार्फत जनताकाे आर्थिक  सामाजिक सामाजिक जिवनमा परिवर्तन ल्याउन राज्यले सहकारीलाई गर्दै आएकाे प्राेत्साहन सराहनीय भएकाे र त्यसलाई अझै बढाउनु पर्नेमा सम्माननीय उपराष्ट्रपति पुनले जाेडदिनुभएकाे थियाे ।

कार्यक्रमका विशिष्ट अतिथि माननीय मन्त्री भुषालले काेभिड-१९ काे बिकराल अबस्थामा पनि निरन्तर जनताकाे सुख-दु:खमा सहयात्री बनी जनताकाे सेवामा निरन्तर अघिबढ्ने कार्य एकदमै सराहनीय रहेकाे बताउनु भयाे । मन्त्री भुषालले समाजवादकाे आधार तयारकाे महत्वपूर्ण खम्बा सहकारी क्षेत्र नै रहेकाे समेत बताउनुभयाे ।

मन्त्री भुसालले बिधुत्तिय चुलाे, विधुत्तिय सवारी साधन खरीद गरि प्रयाेग गरी राष्ट्रिय पुँजीलाई बाहिर जान राेक्न समेत अपिल गर्नुभयाे । सहकारीकाे आबश्यकता अनुसार सधै साथ रहने बताउनु भयाे ।

बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लाेप्चन, काेन्जाेसाेम गाउँपालिका अध्यक्ष गाेपिलाल सिङ्तान, नेप्सुनका अध्यक्ष परिताेस पाैडेल, सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारी, गाेदावरी नगरपालिका का मेयर गजेन्द्र महर्जन, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेती, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल लगाएतले सफलताकाे शुभकामना सहित शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

संघका बरिस्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र उपस्थित सम्पूर्ण सहभागी प्रतिनिधिहरुलाई शब्दद्वारा स्वागत गर्नुभएकाे थियाे । साथै कार्यक्रममा कुमारी चरीया नित्य समेत प्रस्तुत भएकाे थियाे ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव श्याम महर्जनकाे संचालन तथा संघका अध्यक्ष  रामहरि बजगाईकाे सभापतित्वमा मंसिर ८ गते देखि १० गते सम्म संचालन हुने चाैथाे ललितपुर साकाेस समिटमा विभिन्न विषयका विज्ञहरूबाट सहकारीसंग सम्बन्धित विभिन्न विषयका कार्यपत्र तथा प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम रहेकाे छ । 

राष्ट्रिय सहकारी बैंकका संचालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्ष  साकाेस समिट-२०७८ काे अाैचित्य प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथिद्वारा ललितपुर जिल्ला अन्तर रहेकाे स्थानीय तहका प्रमुखहरु, ज्याेती लाईफ ईन्सुरेन्सका सि.ओ. प्रकाश बिक्रम खत्री, राष्ट्रिय रमेश रघुबंशी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष  प्रसम्सा पत्रद्वारा सम्मान गर्नुभएकाे थियाे ।

राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष सहकारी अभियान्ता दिपक प्रकाश बास्काेटालाई उपराष्टपति पुनद्वारा अभिनन्दन गर्नुभएकाे थियाे । संस्थापक अध्यक्ष बास्काेटाले अभिनन्दित हुन पाउँदा अत्यन्तै खुशी भएकाे र यसले मलाई निरन्तर सहकारी अभियानमा लाग्न प्रेरित गरेकाे र अभिनन्दन पत्रमा उल्लेख गर्नुभए जस्तै  निरन्तर सहकारी क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्न उपायहरुकाे खाेजी गर्न लाग्ने बताउनु भयाे । साथै उहाँले विदेशी सहयाेग र ऋण तिर भन्दा राष्ट्रिय पुजीलाई राम्राे संग संचालन गर्न स्पस्ट निति बनाउनु पर्नेमा जाेड समेत दिनुभयाे ।

कार्यक्रमकाे अन्तमा प्रमुख अतिथि, विशिष्ट अतिथि , अतिथि र सम्पूर्ण सहभागी प्रनिधिहरुलाई आफ्नाे अमुल्य समय सहित उपस्थिति हुनु भएकाेमा धन्यवाद सहित धन्यवाद ज्ञापन संघका उपाध्यक्ष लक्ष्मी शाक्यले धन्यवाद मन्तव्य राख्नुभएकाे थियाे ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पहिलाे साकाेस समिट नगरकाेटमा दाेस्राे साकाेस समिट धुलिखेलमा र तेस्रो साकाेस समिट नगरकाेटमा सम्पन्न गरेकाे थियाे ।

पुरा हेर्नुहोस्

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका - ५ टिकाथलीमा "स्वावलम्बन, समुन्नती र पारस्परिकताका लागि अाधारशिला" भन्ने स्लाेगनका साथ संचालन भएकाे अाधारशिला बचत तथा ऋण सहकारी संस्थाकाे नवनिर्मित भवन उद्घघाटन तथा ११ अाैँ वार्षिक साधरण सभा सम्पन्न भएकाे छ ।

महालक्ष्मी नगर प्रमुख मेयर रामेश्वर श्रेष्ठकाे प्रमुख अातिथ्यता तथा ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईकाे विशेष अातिथ्यतामा सम्पन्न भएकाे नवनिर्मित भवन उद्घाटन तथा ११ अाैँ साधरण सभामा प्रमुख अतिथि श्रेष्ठ र विशेष अतिथि बजगाईले संस्थाले सहकारीकाे सिद्धान्त, मुल्य मान्यता र नितिलाई पुर्णरुपमा पालना गर्दै प्रविधिलाई भरपुर प्रयाेग गर्दै सहकारीलाई नगरपालीका कै नमुनाकाे सहकारीकाे रुपमा स्थापित गर्न सफल भएकाेमा धन्यवाद ब्यक्त गर्दै अागमी दिनमा जिल्ला, प्रदेश र देशकै नमुनाकाे सहकारी बन्न सफल हुनेमा विश्वास ब्यक्त गर्दै सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे । साथै नगरपालिकामा मात्रै ८७ वटा सहकारी रहेकाेले सहकारी मर्ज गर्दै विश्वासनिय, अाकर्षक, भरपर्दाे र ब्यवस्थित सहकारी बनाउन अपिल समेत गर्नुभएकाे थियाे । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि गणद्वारा  सहकारी भवनकाे कार्यालयहरुकाे समेत अनुगमन गर्नुभएकाे थियाे ।

अाधारशिला बचत तथा ऋण सहकारी संस्थाकाे कार्यकारी प्रमुख ईन्द्र बहादुर श्रेष्ठले संस्थाकाे वार्षिक प्रतिवेदन प्राेजेक्टर मार्फत प्रस्तुत गर्दै संस्थाकाे सुरुवाती चरण देखि अाज सम्मकाे अबस्थाकाे चित्रण गर्नुभएकाे थियाे । भने साधरण सभामा सहभागी सम्पुर्ण महानुभावहरुलाई सदस्य सत्यवती थापाले स्वागत गर्नुभएकाे थियाे ।

संस्थाका सचिव गुरु प्रसाद काफ्ले काे संचालनमा सम्पन्न भएकाे ११ अाैँ  वार्षिक साधरण सभामाले उत्कृष्ट कर्मचारी सर्मिला धिमाल, उत्कृष्ट सदस्य à¤¦à¥à¤°à¥à¤—ा के सी र ध्रुव थापा, à¤­à¤µà¤¨ निर्माण कन्ट्याक्टर ईन्जिनियर दिनेश बिक्रम श्रेष्ठ, नयाँ सेयर सदस्यहरुलाई प्रमुख अतिथि र विशेष अतिथिकाे हात बाट प्रमाण पत्र तथा खादाद्वारा सम्मान समेत गरेकाे थियाे । साथै संस्थाका अध्यक्ष कपिल केसीले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि वर्गलाई मायाकाे चिनाे प्रदान गरी सम्मान ब्यक्त गर्नुभएकाे थियाे ।

साधरण सभामा महालक्ष्मी - ५ का वडा अध्यक्ष राजकुमार सिलवाल, माेतेश्वर समाजका अध्यक्ष माेहन के सी, राधाकृष्ण खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुमन कुमार के सी, महालक्ष्मी -५ टिकाथली क्षेत्रमा सक्रिय सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा उक्त संस्थाका संचालक समिति र कर्मचारीहरुकाे उपस्थितिमा अाज सम्पन्न भएकाे हाे । 

काेराेना भाईरस  काेभिड-१९ काे भयावह अबस्थालाई मध्य नजर गर्दै भाद्र २४ बाट सुरु भएकाे ११ अाैँ वार्षिक साधरण सभा अाज अाैपचारीक रुपमा नवनिर्मित भवन उद्घाटन तथा संथाकाे वार्षिक प्रतिवेदन र अागामी कार्ययाेजना  पास गर्दै सम्पन्न भएकाे संस्थाका अध्यक्ष कपिल केसीले बताउनु भयाे  ।

पुरा हेर्नुहोस्

ताजा समाचार


test test

काठमाडौं । करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्।

एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।‌

उनको यो रजत नेपाली करातेको अहिलेसम्म कै ठुलो पदक पनि हो। यस्तै वर्ष २०८० मा उनले इन्डोनेसियाको जकार्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन्। 

यही सफलतामा उनले मनोनयनमा परेका कबड्डीकी मेनुको राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

एरिकाले यो अवार्ड जित्नु आफ्नो लागि ठुलो प्रतिष्ठाको विषय रहेको बताइन। उनले राष्ट्रिय खेलकुद परिषद, कराते महासंघ, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी र प्रशिक्षकलाई धन्यवाद दिइन्। उनले यो अवार्ड उत्कृष्ट खेलाडी बन्ने सपना देखिरहेकाहरूलाई समर्पण गरिन्।



पुरा हेर्नुहोस्

भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं । देशकाे राष्ट्रिय खेल भलिबल खेलका लाेकप्रीय उदयमान खेलाडी कविता भट्टले शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । 

उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो । उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् । मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो । ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।



पुरा हेर्नुहोस्

पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड

काठमाडौं पल्सर स्पाेर्ट्स अवाड २०८० मा शुक्रबार पारा तेक्वान्दोकी पलेशा गाेवर्धनले पारा एथलपट अवार्ड प्राप्त गरेकी छिन् ।

पलेशा गाेवर्धन पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन् । तर यो अवार्ड उनले १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको कारण प्राप्त गरेकी हुन् ।

२०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । साथै उनी पेरिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन् ।

यीनै सफलताका लागि उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् । उनले विशेषगरी प्रशिक्षक कविराज नेगी र परिवारलाई धन्यवाद दिइन् ।

अवार्डमा यसअघि भारत्तोलनका हेमन्यपालले वर्ष युवा खेलाडी, कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरिसकेका छ्न् ।



पुरा हेर्नुहोस्


गाईजात्रा बिशेष घिन्ताङ घिसी कार्यक्रम आयाेजना गर्दै वाईसीएल नेपाल भक्तपुर नगर समिति

काठमाडौं । याेङ्ग कम्युनिस्ट लिग नेपाल, भक्तपुर जिल्ला भक्तपुर नगर समितिले गाईजात्रा बिशेश घिन्ताङ घिसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेकाे छ  । 

गाइजात्राकाे अबसरमा वाईसीएल नगर समितिद्वारा आयाेजित घिन्ताङ घिसी कार्यक्रममा विभिन्न ब्याङ्यात्मक चित्र सहित साँस्कृतिक झाँकीद्वारा नगर परिक्रमा गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुवाेध', युवा नेता भीष्म प्रजापति, वाईसीएल नेपालका भक्तपुर जिल्ला संयाेजक सरराज उप्रेती लगाएत माओवादी केन्द्रकानेता कार्यकर्ता र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्


गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण

काठमाडौं । गरिबीमा हुर्किँदा एक छाक मासु खाना वर्ष (इद उत्र फित्र) कुर्नुपर्ने, केही अघिसम्म पनि नयाँ ज्याभलिन खरिद गर्न चन्दा उठाउनुपर्ने परिस्थितिबाट गुज्रिएका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ।

पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाएका उनलाई करोडौं पुरस्कार घोषणाको होड नै चलेको छ। अहिलेसम्म १५ करोड रुपियाँ बढी पुरस्कार घोषणा भइसकेको छ। ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्णपदक जितेपछि २७ वर्षीय नदिमले वर्ल्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर (नेपाली रुपियाँ ६७,१६,७५०) पाउने पक्का छ नै। उनलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ।

पन्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रुपी १० करोड (नेपाली रुपियाँ ४,८२,१४,२१८/०५) स्वतन्त्रता दिवस (१४ अगस्ट) को अवसरमा प्रदान गर्ने घोषणा गरिन्। त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारको तर्फबाट पाकिस्तानी रुपी ५ करोड (नेपाली रुपैयाँ २,४१,०७,१०९/०३) दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन्। उनले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रुपी दिने पनि बताएका छन्।

सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्सले लेखेका छन्। सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उनकै नाममा सुक्कुरमा नयाँ रंगशालामा निर्माण गर्ने घोषणा गरे। कराँचीमा आर्शद नदिम एथलेटिक्स एकेडेमी स्थापना गर्ने घोषणा पनि भइसकेको छ।

गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पारेका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। पाकिस्तानले ओलम्पिकमा जितेको चौथो स्वर्ण हो यो। ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो भने व्यक्तिगत स्पर्धाको पहिलो स्वर्ण पनि नदिमले नै दिलाएका हुन्।

उनले भारतका डिफेन्डिङ च्याम्पियन नीरज चोपरालाई रजतमा खुम्च्याउँदै ऐतिहासिक सफलता हात पारेका हुन्। नीरजले ८९.४५ मिटर फालेका थिए। निरजले ३ वर्षअघि टोकियोमा स्वर्ण जित्दा नदिम पाँचौं भएका थिए। नदिमले दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग २०१९) अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए।

एकपछि अर्को सफलता चुमिरहेका नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारको रूपमा लिइएको छ। त्यसैले पनि उनी करोडौं पुरस्कारको हकदार हुने नै भए।

पुरा हेर्नुहोस्


गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0
 

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण
  • ⇒ ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु
  • ⇒ बिहीबारसम्म पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिक शीर्ष स्थानमा
  • ⇒ बंगलादेशमा १७ सदस्यीय अन्तरिम सरकार : २६ वर्षका विद्यार्थीदेखि पूर्व जर्नेलसम्म मन्त्री
  • ⇒ फ्रान्सबाट बंगलादेश फर्किए युनुस, साँझ साढे ८ बजे शपथ
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड
  • ⇒ पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड
  • ⇒ IBA ले बुड्वा युवा विश्व बक्सिङ च्याम्पियनसिपमा सबै बक्सरहरूको आवास खर्च प्रदान गर्ने
  • ⇒ आईबा युथ वल्ड बक्सिङ प्रतियोगिता बुड्भा मोन्टेग्रोका लागि खेलाडी छनौट सम्पन्न
  • ⇒ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिपमा नेपालकाे ऐतिहासिक जित
  • अरु हेर्नुहोस्