मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

१९ औं एसियालीका रजत पदक विजेता एरिका गुरुङले १९ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने


२०८१, बैशाख २७, बिहीबार

News Title

काठमाडौं । १९ औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने भएकिछिन् ।

मन्त्री परिषद्को बिहीबारको बैठकले गुरुङ संगै पदक विजेता खेलाडीहरुलाई २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेश गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियाली र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन् ।

एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्ने छन् । यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्ने छन् ।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

आइसिसी मेन्स टि–ट्वान्टी वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन् ।

पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई पनि धन्यवाद दिए ।


ताजा समाचार


धाविका सन्तोषीले पेरिस ओलम्पिक खेल्ने

काठमाडौँ। धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।  विश्व एथ्लेटिक्स महासंघ (डब्ल्युए)का अनुसार उनले  युनिभर्सल कोटा (वाईल्ड कार्ड)मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्।

ओलम्पिक खेल्ने पक्का भएसँगै ३० वर्षीय सन्तोषीले सक्दो राम्रो प्रदर्शन गर्ने बताइन्। ‘ओलम्पिक खेल्ने सपना पूरा भएकोमा एकदमै खुसी लागेको छ। सक्दो राम्रो गर्ने कोसिस गर्छु,’ उनले खेलपाटीसँग भनिन्।


सन्तोषी १३औँ दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता हुन्। उनले १० हजार मिटर दौड ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा पार गर्दै ऐतिहासिक स्वर्ण जितेकी थिइन्। 

२६ जुन २०२४ मा उनले बंगबन्धु शेख मुजिव ढाका म्याराथनसमेत स्वर्ण जितेकी थिइन्। उनले दूरी २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरेकी थिइन्।



पुरा हेर्नुहोस्

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

संघका एक केन्द्रीय सदस्यका अनुसार पदाधिकारीबिच आजै निलम्बन फुकुवा हुने र  प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाउने सहमति भएकाे छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायम छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ । त्यसैले त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा नाम परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन्। 

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । 



पुरा हेर्नुहोस्

उच्च अदालतबाट सन्दीपले पाए सफाइ

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। 

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए। 

‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।

 



पुरा हेर्नुहोस्


उच्च अदालतबाट सन्दीपले पाए सफाइ

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। 

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए। 

‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।

 

पुरा हेर्नुहोस्


२० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो

शक्तिशाली सौर्य आँधी २० वर्षपछि शुक्रबार मे १० मा पृथ्वीमा आइपुगेको छ । आँधीका कारण तस्मानियादेखि बेलायतसम्मको आकाशमा कडा चट्याङ परेको थियो । धेरै स्याटेलाइट र पावर ग्रिडमा पनि क्षति पुगेको छ । सौर्य आँधीका कारण विश्वका धेरै ठाउँमा अरोरा(ध्रुवीय प्रकाश) पनि देखियो । सो समयमा सौर्य आँधीका कारण आकाशमा विभिन्न रङ देखिन थालेको थियो ।

अमेरिकी वैज्ञानिक संस्था ‘नेसनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन’ (एनओएए)का अनुसार यो सौर्य आँधीको प्रभाव हप्ताको अन्त्यसम्म रहनेछ। यो मुख्यतया विश्वको उत्तरी र दक्षिणी भागहरूमा देख्न सकिन्छ। तर यदि यो तीव्र रहेछ भने यो अन्य धेरै ठाउँहरूमा देख्न सकिन्छ। यसका कारण विश्वभरका स्याटेलाइट अपरेटरहरू, एयरलाइन्स र पावर ग्रिड अपरेटरहरू अलर्टमा छन्।
 
सौर्य आँधी आउने कारण सूर्यबाट निस्कने कोरोनल मास इजेक्शन हो। वास्तवमा, कोरोनल मास इजेक्शनको समयमा, सूर्यबाट आउने कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रवेश गर्छन्। कणहरू पृथ्वीमा प्रवेश गरेपछि एक प्रतिक्रिया हुन्छ, जसको कारण कणहरू उज्यालो रंगीन बत्तीको रूपमा देखा पर्दछ। सरल शब्दमा कोरोनल मास इजेक्शन भनेको सूर्यको सतहबाट प्लाज्मा र चुम्बकीय शक्ति निस्कनु हो।

सौर्य आँधीले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ। त्यस्ता हावाहुरीका कारण पावर ग्रिड पनि बिग्रन्छ । साथै, विमानहरूमा टर्ब्युलेन्सको समस्या पनि आउँछ। यसका कारण नासाले पनि आफ्ना अन्तरिक्ष यात्रीहरूलाई आँधीबेहरीको समयमा अन्तरिक्ष स्टेशन भित्रै बस्न सल्लाह दिन्छ।

यसअघि अक्टोबर २००३ को 'हेलोवीन स्टर्म'नामक सौर्य आँधी आएको थियो। हेलोवीन आँधीले स्वीडेनमा ब्ल्याकआउट निम्त्याएको थियो। आँधीका कारण दक्षिण अफ्रिकामा ग्रिडहरू अवरुद्ध भएका थिए।  

वैज्ञानिकहरूले पनि यस सौर्य आँधीको बारेमा जानकारी दिंदै आगामी दिनमा धेरै सीएमई कणहरू पृथ्वीमा प्रवेश गर्न सक्ने बताएका छन्।

संसारको सबैभन्दा शक्तिशाली सौर्य आँधी १८५९ मा पृथ्वीमा ठोक्किएको थियो। यसको नाम क्यारिंटोन इभेन्ट राखिएको थियो। यस आँधीका कारण टेलिग्राफ लाइनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। धेरै टेलिग्राफ लाइनमा पनि आगो पनि लागेको  थियो। 

पुरा हेर्नुहोस्


गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन ।

सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।  

भिडियो लिङ्क्

https://www.youtube.com/watch?v=51L1Cdiy9w8

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ २० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो
  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ धाविका सन्तोषीले पेरिस ओलम्पिक खेल्ने
  • ⇒ सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति
  • ⇒ उच्च अदालतबाट सन्दीपले पाए सफाइ
  • ⇒ टेबलटेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनाेट
  • ⇒ प्रिन्स दाहाल तपाईं पेरिस ओलम्पिक र त्यस भन्दा पछाडि चम्केकाे हेर्न चाहान्छाैँ
  • अरु हेर्नुहोस्